नेपाल रेडक्रस सोसाइटी सल्यानद्धारा भुकम्प प्रभावितलाई सहयोग

उहाँले भुकम्प गएको लामो समय हुदाँ पनि प्रभावितको लागि भनेर आएको अस्थायी आवास निर्माणको किस्ता अझै सबै प्रभावितले पाउन नसकेकाले यसको कार्यान्वयनमा सबै लाग्नुपर्ने बताउनुभयो ।

सल्यान, २२ फागुन ।
नेपाल रेडक्रस सोसाइटी सल्यानले जिल्लाका भुकम्प प्रभावितलाई बहुउपयोगी सहयोग मार्फत ८९ लाख ७० हजार रुपैँया सहयोग गरेको छ । विभिन्न निकायको सहयोगमा कर्णाली भुकम्प प्रतिकार्य कार्यक्रम अन्र्तगत जिल्लाको दार्मा गाउँपालिकामा रहेका संकटाशन्न अवस्थामा रहेका ५ सय ९८ परिवारलाई बहुउपयोगी सहयोगमार्फत प्रतिपरिवार १५ हजारका दरले सहयोग गरिएको हो ।

जिल्लाको सदरमुकाम खलंगामा आयोजित कार्यक्रममा कर्णाली भुकम्प प्रतिकार्य कार्यक्रमका जिल्ला कार्यक्रम संयोजक जगत तामाङले भुकम्प पछिको तीन महिनामा दार्मा गाउँपालिकामा थुप्रै काम सम्पन्न भएको जानकारी दिनुभयो । दार्मा गाउँपालिका, बागचौर नगरपालिका र कुमाख गाउँपालिकाका १ हजार १२ भुकम्प प्रभावितलाई गैरखाद्य राहत वितरण गरिएको उहाँको भनाइ छ ।

यस्तै भुकम्पीय सचेतना, मनोबैज्ञानिक परामर्श तालिम लगाएतका विभिन्न क्षेत्रमा सहयोग गरिएको उहाँले बताउनुभयो । नेपाल रेडक्रस सोसाइटी सल्यानका सभापति यौवन प्रकाश श्रेष्ठको अध्यक्षतामा भएको समिक्षा तथा आगामी कार्ययोजना बिषयक बैठकमा बोल्दै प्रमुख जिल्ला अधिकारी शम्भु प्रसाद रेग्मीले प्राकृतिक बिपत्ति जतिबेला पनि आउनसक्ने भएकाले सबै सर्तक हुनुपर्ने बताउनुभयो ।

उहाँले भुकम्प गएको लामो समय हुदाँ पनि प्रभावितको लागि भनेर आएको अस्थायी आवास निर्माणको किस्ता अझै सबै प्रभावितले पाउन नसकेकाले यसको कार्यान्वयनमा सबै लाग्नुपर्ने बताउनुभयो । कार्यक्रममा जिल्ला समन्वय समितीका प्रमुख बेलाराम रावल, दार्मा गाउँपालिका उपाध्यक्ष जुना मल्ल, नेपाल रेडक्रस सोसाइटीका केन्द्रिय उपाध्यक्ष राधा नेपाली, केन्दिय कोषाध्यक्ष बिर बहादुर बस्नेत लगाएतको सहभागिता रहेको थियो ।

नेपाल रेडक्रस सोसाइटी सल्यानका कोषाध्यक्ष मनविर बस्नेतको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण मन्त्री इन्द्र कुमार शर्माले गर्नुभएको थियो । सरकारले सल्यानलाई पनि संकटग्रस्त क्षेत्र घोषणा गरेसँगै दार्मा गाउँपालिका पनि पुर्ननिर्माणको चरणमा प्रवेश गर्दै छ । यसैबिच बैठकले भुकम्प पछिको पुर्ननिर्माणका सन्दर्भमा आगामी योजना समेत तय गरेको छ ।

 

प्रतिक्रिया दिनुहोस
भर्खरै प्रकाशित