एमाले निकट राष्ट्रिय युवा संघ नेपाल सल्यानको संयोजकमा घर्ती

सल्यान, २४ फागुन ।
नेकपा एमाले निकट राष्ट्रिय युवा संघ नेपाल सल्यानको संयोजकमा प्रविन घर्ती मगर चयन हुनुभएको छ । राष्ट्रिय युवा संघ नेपाल जिल्ला कमिटी सल्यानको बैठकले १० औं जिल्ला अधिवेशन सफलता पुर्वक सम्पन्न गर्नका लागि घर्तीको संयोजकत्वमा २७ सदस्यीय आयोजक कमिटी चयन गरेको छ ।

जसको सह–संयोजकमा दिलिप रावत र दिपक दाहाल रहनुभएको छ । जिल्ला अधिबेशन यही चैत १७ गते हुने छ ।

 

प्रतिक्रिया दिनुहोस