राष्ट्रिय युवा संघ नेपाल सिद्ध कुमाखको संयोजकमा बिमल रावत

सल्यान, ५ चैत ।
नेकपा एमाले निकट युवा संगठन राष्ट्रिय युवा संघ नेपाल सिद्ध कुमाख गाउँपालिका सल्यानको संयोजकमा बिमल रावत चयन हुनुभएको छ । आइतबार सम्पन्न भेलाले रावतको संयोजकत्वमा ७ सदस्यीय पालिका अधिबेशन आयोजक कमिटी गठन गरेको हो । जसमा दलबिर बस्नेत र शर्मिला रेउले उपसंयोजक रहनुभएको छ ।

नेकपा एमाले कर्णाली प्रदेश कमिटी सदस्य जित बहादुर चलाउनेको प्रमुख आतिथ्यमा सम्पन्न बैठकमा बोल्दै चलाउनेले पार्टी र संगठनलाई सुदृढ र बलियो बनाउन सबै एक भएर लाग्नुपर्ने बताउनुभयो । बैठकमा राष्ट्रिय युवा संघ नेपाल कर्णाली प्रदेश कमिटी सदस्य तुल्सा रावत चलाउने, युवा संगठनका जिल्ला संयोजक प्रबिन घर्ती, उपसंयोजक दिलिप रावत, नेकपा एमाले जिल्ला कमिटी सदस्य लिलधर रोका, धर्मराज योगी, राष्ट्रिय युवा संघ नेपालका जिल्ला कमिटी सदस्य सदगुन गिरी लगाएतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस