“एमाले सल्यानको १० औं जिल्ला अधिवेशन सुरु” ८४ को चुनावमा एमाले एक्लै लड्छ : उपाध्यक्ष ज्ञवाली

‘अहिले कम्युनिस्ट पार्टी विचको सत्ता समिकरण छ, यो हाम्रो चाहाना मात्रै होइन्, देशको आवश्यकता पनि हो, अहिले समिकरणमा रहेका दलहरु पनि भोलीका दिनमा को कता जान्छ, त्यसको कुनै ग्यारेन्टि नै छैन्’ उहाँले भन्नुभयो ‘एमाले कसैको बैशाखी बोकेर हिड्दैन्, चुनावमा एक्लै लड्छ ।’

सल्यान, १८ चैत ।

नेकपा एमाले सल्यानको १० औं जिल्ला अधिवेशन सुरु भएको छ । तीन दिन सम्म चल्ने अधिबेशनको आइतवार जिल्ला समन्वय समितीको हल खलंगामा पार्टीका उपाध्यक्ष युवराज ज्ञवालीले उद्घाटन गर्नुभएको हो । अधिवेशनमा भूगोलबाट २ सय १० जना, सल्लाहकार परिषदबाट २५ जना, मुल आयोजक समितिबाट ८० जना, जनबर्गिय संगठनबाट १९ जना र मनोनीतबाट १७ जना गरि ३ सय ५१ जना प्रतिनिधि सहभागी अधिबेशनमा सहभागि भएका छन् ।

अधिबेशनको उद्घाटन गर्दै उपाध्यक्ष ज्ञवालीले ८४ को चुनावमा नेकपा एमाले एक्लै लड्ने बताउनुभएको छ । ‘अहिले कम्युनिस्ट पार्टी विचको सत्ता समिकरण छ, यो हाम्रो चाहाना मात्रै होइन्, देशको आवश्यकता पनि हो, अहिले समिकरणमा रहेका दलहरु पनि भोलीका दिनमा को कता जान्छ, त्यसको कुनै ग्यारेन्टि नै छैन्’ उहाँले भन्नुभयो ‘एमाले कसैको बैशाखी बोकेर हिड्दैन्, चुनावमा एक्लै लड्छ ।’

आउँदो चुनावमा एमालेले बहुमत प्राप्त गर्ने उहाँको दावी छ । ‘हामी चुनावमा पराजित हुन्छौँ कि भनेर प्रचण्ड वा नेपालको पछाडी लाग्दैनौँ, अहिले पनि पाँच दल एकै ठाउँमा उभिएर चुनाव लड्दा समेत एमाले एक्लैले काँग्रेसको भन्दा एक लाख बढी मत पाएको छ, अवको चुनावमा एमाले एक्लै बहुमत ल्याउँछ, त्यसका लागि केही आधारहरु छन्, सिंगो पार्टी मसिनो ढंगबाट लाग्न जरुरी छ’ उहाँले थप्नुभयो ।

उपाध्यक्ष ज्ञवालीले पार्टीले थप सफलता प्राप्त गर्न अझै बाँकी रहेको बताउनुभयो । ‘असल नेतृत्वले नै पार्टी बलियो हुन्छ, पार्टी भित्र फरक मत हुन्छ नै, तर सबैको सर्वोपरी हितमा काम गर्नुपर्छ अहिले देखी नै समुदायमा जाने, नेताकार्यकर्ता परिचालित हुने, आमनागरिकको भावना बुझ्ने चेष्टा गरियो भने आउँदो चुनावमा एमाले एक्लैले बहुमत ल्याउछ’ उहाँले भन्नुभयो ‘अवको क्रान्तिका लागि जेल जानु पर्दैन्, बन्दुक पड्काउनु पर्दैन्, जनताको विचमा जाने र सुखदुखमा साथ दिए पुग्छ ।’

फरक प्रसंगमा उपाध्यक्ष ज्ञवालीले अहिलेको सत्ता समिकरण देशको आवश्यकता भएको बताउनुभएको छ । उहाँले अघि भन्नुभयो ‘विगतमा प्रचण्डको हातमा सरकार थियो, तर सबैको नेतृत्व काँग्रेसको हातमा थियो, हामीले परिवर्तनकारी शक्ति एक हुनुपर्छ भनेर नयाँ समिकरण बनायौँ, देशको विकास र समृद्धिका लागि यो सरकार ८४ सम्मै टिक्छ भन्नेमा हामी आसावादी छौँ ।’ अहिलेको सरकारले नागरिकको भावना बमोजिम काम गर्न थालेको उहाँको भनाइ छ ।

अधिबेशनको उद्घाटन सत्रमा बोल्दै एमालेका सचिव तथा कर्णाली प्रदेश इन्चार्ज लेखराज भट्टले समाजवादको लक्ष्य प्राप्तिको लागि पार्टी भित्रको आन्तरिक द्धन्द्ध अन्त्य गरिनुपर्ने बताउनुभएको छ । कार्यक्रममा निर्वाचन आयोगका केन्द्रिय अध्यक्ष डा. विजय सुब्बा, पार्टीका पोलिट्ब्यूरो सदस्य तथा सल्यान जिल्ला इन्चार्ज भैरब सुन्दर श्रेष्ठ, कर्णाली प्रदेश कमिटी अध्यक्ष गुलाब जङ्ग शाह लगायतका नेताहरुले बोल्नुभएको थियो ।

पार्टीका जिल्ला अध्यक्ष गोविन्द कुमार पुनको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा उपाध्यक्ष भिम बहादुर सेनले स्वागत मन्तव्य राख्नुभएको थियो भने कार्यक्रमको सञ्चालन पार्टी सचिव ओज बहादुर बुढाथोकीले गर्नुभएको थियो । अधिवेशनबाट नयाँ नेतृत्व चयन हुने छ ।

 

 

 

प्रतिक्रिया दिनुहोस