सल्यान, १९ चैत ।
नेकपा एमाले सल्यानको दशौं जिल्ला अधिबेशनको बन्द सत्रमा बिधान बिपरितको कार्य गर्न लागिएको भन्दै कार्यकर्ताले चर्को नाराबाजी गरेका छन । आइतबारबाट सुरु भएको अधिबेशनको सोमबार बिहानबाट बन्द सत्र सुरु भएको हो । बन्द सत्रमा पार्टीको बिधान बिपरित एमाले पोलिटब्युरो सदस्य तथा सल्यान जिल्ला इन्चार्ज भैरव सुन्दर श्रेष्ठ र प्रदेश कमिटी अध्यक्ष गुलाब जंग शाहको निर्देशनमा पार्टीको बिधान विपरित पार्टीको जिल्ला कमिटी सचिब पदमा महिला मात्रै हुनुपर्ने गरि प्रस्ताव ल्याएपछि नाराबाजी भएको हो ।
स्रोतका अनुसार श्रेष्ठले आफु निकटका नेतृलाई सचिवमा सर्बसम्मत गर्न खोजेपछि नारावाजी भएको हो । अहिले एमाले सल्यानमा दुई धारा देखिएका छन् । अध्यक्षमा पार्टी अध्यक्ष केपि शर्मा ओली पक्षबाट कुल बहादुर गिरी र महासचिव शंकर पोखरेल पक्षबाट भिम बहादुर सेनले दावी प्रस्तुत गरेका छन् ।
भिडियो :