सल्यान, २१ चैत ।
नेकपा एमाले सल्यानमा नयाँ नेतृत्व चयनका लागि चारदिन देखी चलेको रस्साकस्सी अन्ततः चुनावमा गएको छ । सर्बसम्मत ७५ सदस्यीय नयाँ नेतृत्व चयन गर्ने गरी एमाले पोलिटब्युरो सदस्य तथा सल्यान जिल्ला इन्चार्ज भैरव सुन्दर श्रेष्ठ र प्रदेश कमिटी अध्यक्ष गुलाब जंग शाह लागि परेको भएपनि अन्तत चुनाव नै हुने भएको हो ।
सर्वसम्मत नेतृत्व चयन गर्ने बहानामा सचिव पदमा महिला अनिवार्य हुनुपर्ने प्रस्ताव नेतृत्वले ल्याएको र त्यो प्रस्ताव मान्य नहुने भन्दै बन्दसत्रमा कार्यकर्ताले पटक पटक असहमति जनाएका थिए । जसका कारण चार दिनपछि नेतृत्व चुनाव गराउन बाध्य भएको छ । जसअनुसार आजै दिउसो ३ बजेदेखी बेलुका ६ बजेसम्म उम्मेदवारी दर्ताको समय रहेको छ ।
यस्तै आजै राति साढेँ ८ बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने र भोली बिहान ८ वजेदेखी दिउसो ३ बजेसम्म मतदानको समय तोकिएको छ । जसअनुसार अध्यक्षमा कुल बहादुर गिरी र भिमबहादुर सेन, उपाध्यक्षमा दान बहादुर केसी र ओज बहादुर बुढाथोकी, सचिवमा दिपेन्द्र प्रकाश डिसी र पुस्पा कुमारी बोहराले उम्मेदवारी दिने सम्भावना छ ।