नेकपा एमाले सल्यानमा दुई प्यानल : अध्यक्षमा गिरी र सेन भिड्दै

सल्यान, २१ चैत ।
नेकपा एमाले सल्यानमा नयाँ नेतृत्वका लागि उम्मेदवारी दर्ता सकिएको छ । दिउँसो तीन बजे देखी ६ वजेसम्मको अवधिमा पदाधिकारी सहितका विभिन्न पदमा उम्मेदवारी दर्ता भएको हो । जसमा एमाले सल्यानको अध्यक्षमा कुल बहादुर गिरी र भिम बहादुर सेनको उम्मेदवारी दर्ता भएको छ । यस्तै उपाध्यक्षमा गिरी प्यानलबाट दान बहादुर केसी र सेन प्यानलबाट ओज बहादुर बुढाथोकीको उम्मेदवारी दर्ता भएको छ । यस्तै सचिवमा दिपेन्द्र प्रकाश डिसी र पुस्पा कुमारी बोहराको उम्मेदवारी परेको छ ।

यस्तै खुल्ला तर्फ उपसचिवमा गञ्जमान बुढा, महेश देवकोटा र गणेशमान सिंह तथा महिला उपसचिवमा बुद्ध कुमारी केसी र सहनशिलता वली डिसीले उम्मेदवारी दिनुभएको छ । यस्तै सदस्यहरुमा पनि उम्मेदवारी दर्ता भएको छ ।

भोली बिहान ८ बजेदेखी दिउँसो तीन बजेसम्म मतदानको समय तोकिएको छ । त्यसपछि मत गणना हुने छ । चैत १८ गते उद्घाटन भएको एमालेको दशौँ जिल्ला अधिबेशन आन्तरिक किचलोको कारण चारदिन पछि मात्रै निर्वाचन प्रक्रियामा प्रवेश गरेको छ ।

प्रतिक्रिया दिनुहोस