एमाले सल्यानका नवनिर्वाचित पदाधिकारीले लिए सपथ

‘बाहिर सल्यानको एमालेमा दुइवटा खेमा भएको हल्ला चलेपनी त्यो गलत हो, हामी बिच कुनै पनि बिमती छैन, नेतृत्व निर्माणका लागि मात्रै स्वस्थ प्रतिस्पर्धा भएको हो’ उहाँले भन्नुभयो ।

सल्यान, २३ चैत ।
नेकपा एमाले जिल्ला कमिटी सल्यानका नवनिर्वाचित पदाधिकारी एवम सदस्यले सपथ ग्रहण गरेका छन् । दशौं जिल्ला अधिवेशनबाट निर्वाचित नया नेतृत्वले शुक्रबार खलंगामा सपथ लिएको हो । एमाले सल्यानको अध्यक्षमा बिजयी भएका भिम बहादुर सेनले निर्वाचन अधिकृत पर्शुराम वलीबाट सपथ लिनुभएको हो । सेनले जिल्ला कमिटी उपाध्यक्ष ओज बहादुर बुढाथोकी, सचिव पुस्पा बोहरा, उपसचिव द्वय गणेशमान सिंह, सनसिल्ता वली डिसी तथा जिल्ला कमिटी सदस्यहरु र लेखा समितिका पदाधिकारिहरुलाइ सपथ खुवाउनुभयो ।

निवर्तमान अध्यक्ष गोविन्द कुमार पुनले जिल्ला कमिटीको निर्णय पुस्तिका लगायतका कागजात हस्तान्तरण गर्नुभएको छ । सपथ ग्रहण र निर्वाचित प्रमाणपत्र बुझेपछी कार्यक्रममा बोल्दै नवनिर्वाचित अध्यक्ष सेनले सल्यानको कम्युनिस्ट आन्दोलनको मुल प्रवाहको रुपमा एमालेलाइ स्थापित गर्न प्रतिनिधिहरुले महत्वपूर्ण योगदान पुर्याएको बताउनुभयो । उहाँले निर्वाचनबाट भएको जित आफ्नो मात्रै नभएको र निकटतम प्रतिस्पर्धी कुल बहादुर गिरिको पनि जित भएको उल्लेख गर्दै आन्तरिक एकतालाइ मजबुत गर्नका लागि तथा मिसन ८४ लाई सफल बनाउन संगै जाने प्रतिबद्धता जनाउनुभयो ।

‘बाहिर सल्यानको एमालेमा दुइवटा खेमा भएको हल्ला चलेपनी त्यो गलत हो, हामी बिच कुनै पनि बिमती छैन, नेतृत्व निर्माणका लागि मात्रै स्वस्थ प्रतिस्पर्धा भएको हो’ उहाँले भन्नुभयो । विगतलाइ समीक्षा गर्दै योजनाबद्ध तरिकाले पार्टी संगठनलाइ अगाडी बढाउने अध्यक्ष सेनको प्रतिबद्धता छ ।

कार्यक्रममा एमाले पोलिटब्युरो सदस्य तथा सल्यान जिल्ला इन्चार्ज भैरवसुन्दर श्रेष्ठ, एमाले कर्णालीका अध्यक्ष गुलाबजंग शाह, एमाले केन्द्रिय लेखा आयोगका सदस्य सुर्य बहादुर शाही, निवर्तमान जिल्ला अध्यक्ष गोविन्द पुन लगायतले बोल्दै जिल्लाकै अब्बल पार्टी बनाउन सबैले हातेमालो गर्दै एक मनका साथ जानुपर्ने धारणा व्यक्त गरेका थिए ।

गत आइतबारदेखि सुरु भएको एमाले सल्यानको जिल्ला अधिवेशन शुक्रबार सपथ तथा प्रमाणपत्र बितरण संगै सम्पन्न भएको हो । जिल्ला कमिटिका सदस्य लगायतका पदमा ५८ जना निर्विरोध भएका थिए । २५ पदका लागि ४६ जना उम्मेदवारले प्रतिस्पर्धा गरेका थिए । जिल्ला निर्वाचन कार्यविधी अनुसार एमाले सल्यानको ७५ सदस्यिय जिल्ला कमिटी र ७ सदस्यीय लेखा आयोग गठन भएको छ ।

 

प्रतिक्रिया दिनुहोस