सिकाई स्तर अनुसार शिक्षण सम्बन्धि तालिम सुरु


सल्यान, ९ असार ।
सल्यानमा सिकाई स्तर अनुसार शिक्षण सम्बन्धि तालिम सुरु भएको छ । जिल्लाको छत्रेश्वरी गाउँपालिका भित्रका सम्पूर्ण बिद्यालयका कक्षा ३ देखी कक्षा ५ सम्म अध्यापन गराइरहेका शिक्षकशिक्षिकाहरुको लागी शैक्षिक स्तर सुधार गर्ने उद्धेश्यले तालिम सुरु भएको हो । तालिमको उद्घाटन गर्दै गाउँपालिका अध्यक्ष ओज बहादुर बुढाथोकीले शिक्षाको गुणस्तर बढाउनको लागि पहिले शिक्षक दक्ष हुन जरुरी रहेको बताउनुभयो ।

यस्तै उपाध्यक्ष बुद्ध कुमारी खत्रीले शिक्षकले व्यवहारिक रूपमा सिकाइ स्तर वृद्धि गरि बिद्यार्थीमा त्यो ज्ञान प्रदान गर्न आवश्यक रहेको बताउनुभयो । यस्तै शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख केशर बहादुर वलीले शिक्षा क्षेत्रमा पालिकाले विभिन्न कार्य गर्दै आएको र सिकाइ स्तर अनुसार शिक्षण सम्बन्धि तालिम अति आवश्यक रहेको बताउनुभयो ।

street child को प्राबिधिक सहयोग, छत्रेश्वरी गाउँपालिकको समन्वय तथा आसमान नेपालको आयोजनामा सुरु भएको तालिम १६ गतेसम्म सञ्चालन हुने छ ।

प्रतिक्रिया दिनुहोस