सल्यान, ९ असार ।
अनेरास्ववियु सल्यानको अध्यक्षमा बिशाल निर्वाचित हुनुभएको छ । आइतवार खलंगामा सम्पन्न भएको जिल्ला अधिबेशनले पुनको अध्यक्षतामा २१ सदस्यीय नयाँ जिल्ला कमिटी सर्वसम्मत चयन गरेको हो । जसको उपाध्यक्षमा कृष्ण बगर, सचिवमा शिव देवकोटा, सहसचिवमा गोपाल लामिछाने, हुकुम खत्री तथा यज्ञ खरेल र कोषाध्यक्षमा अस्मिता बस्नेत चयन हुनुभएको छ ।