सल्यानमा युवा–विद्यार्थीहरूद्धारा वृक्षारोपण

सल्यान, १३ असार ।
नेकपा एमाले निकट विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन अनेरास्ववियु जिल्ला कमिटि सल्यानलले संयुक्त रुपमा वृक्षारोपन गरिएको छ् । बुधबार सल्यान खलंगामा अवस्थित त्रिभुवन जन माध्यमिक विद्यालय परिसरमा वृक्षारोपन कार्यक्रम सम्पन्न भएको हो ।
बढ्दो जलवायु परिवर्तनको प्रभावलाई नियन्त्रण गर्न वातारण संरक्षण तथा प्रवर्द्धनमा सम्पुर्ण युवा विद्याथीहरुलाई जोडेर देशभर १ लाख विरुवा रोप्ने अभियान अन्तर्गत सल्यानमा पनि त्रिभुवन जनता माध्यामि विद्यालय खलंगाको परिसरमा १ सय विरुवा रोपिएको अनेरास्ववियु सल्यानलेले जानकारी दिएको छ ।
कार्यक्रममा बोल्दै अनेरास्ववियु जिल्ला कमिटि सल्यानका अध्यक्ष विशाल पुनले बढ्दो जलवायु परिवर्तनको प्रभावलाई नियन्त्रण र वातारण संरक्षण तथा प्रवर्द्धन गर्न अनेरास्ववियुले यो अभियान चालेको बताउनुभयो ।
वृक्षरोपण कार्यक्रममा अनेरास्ववियु जिल्ला कमिटि सल्यानका पदाधिकारी तथा विद्यालयका शिक्षक,विद्ययार्थीहरुको सहभागीता रहेको थियो।

प्रतिक्रिया दिनुहोस