सल्यान, १९ असार ।
सल्यानको ढोरचौरमा निशुल्क स्वास्थ्य शिविर संचालन हुने भएको छ । सिद्ध कुमाख गाउँपालिका सल्यानको आयोजना र नागरिक केयर हस्पिटल दाङको प्राविधिक सहयोगमा यही असार २२ गते शनिवार सिद्ध कुमाख गाउँपालिकाको केन्द्र ढोरचौरमा रहेको निराजन माध्यमिक विद्यालयमा बवशेषज्ञ डाक्टर सहितको निशुल्क स्वास्थ्य शिविर संचालन हुने हुने भएको हो । शिविरमा दक्ष, अनुभबी तथा विशेषज्ञ डाक्टरहरुद्वारा हाडजोर्नी,नशा, नाक, कान, घाँटी, सुगर ,प्रेसर महिलाहरूको तल्लो पेट दुख्ने ,ग्यास्ट्राटिस, अल्सर लगायत रोगको चेकजाँच तथा उपचार गरिने गाउँपालिकाले जनाएको छ ।
पालिका भित्रका नागरिकहरु विशेषज्ञ सेवाको लागि टाढा सम्म जानुपर्ने केही सहज होस भनेर नागरिकको स्वास्थ्यलाई मध्यनजर गर्दै पालिकाले स्वास्थ सिविरको आयोजना गरिएको गाउँपालिका अध्यक्ष भरत गिरीले जानकारी दिनुभयो ।
स्वास्थ्य शिविर सशनिवार बिहान १० देखी बेलुका ५बजे सम्म निराजन माध्यमिक विद्यालय ढोरचौरमा संञ्चालन हुने छ ।