शारदा नगरपालिकास्तरीय नेपाल लोकतान्त्रिक खेलकूद संघ गठन

 

सल्यान, १३ चैत ।
नेपाल लोकतान्त्रिक खेलकूद संघ शारदा नगरपालिका स्तरीय समिति गठन गरिएको छ । खलंगामा सम्पन्न भएको भेलाले योगेन्द शाहको नेतृत्वमा १७ सदस्यीय नयाँ कार्यसमिति गठन गरिएको हो । जसको उपाध्यक्षमा रन्जित बस्याल, सचिबमा सन्दिप बुढाथोकी, महिला उपाध्यक्षमा आशिका केसी, कोषाध्यक्षमा सिम्मण बिष्ट, सहसचिवमा मनिष सिंह रहनुभएको छ । यस्तै सदस्यहरुमा सुदिप बिष्ट, रोहित गिरी, भावना सेजवाल, प्रबेश शाह, लक्ष्मी बिक, विशाल सिंह, तुफान केसी, रिजन गिरी र आशिष हमाल रहनु भएको छ ।

नेपाल लोकतान्त्रिक खेलकूद संघ सल्यानका अध्यक्ष बबि शाहको अध्यक्षता तथा नेपाली काँग्रेस शारदा नगर सचिब अनिल भण्डारीको प्रमुख आथित्यतामा भेला सम्पन्न भएको हो । सो अवसरमा नेपाली काग्रेसका जिल्ला कार्य समिति सदस्य सनत कुमार शर्मा, नेपाली काँग्रेस शारदा नगरपालिका २ का वडासभापति सन्तोष शाह लगाएतको सहभागी रहेको थियो ।

प्रतिक्रिया दिनुहोस