नेकपा (एकीकृत समाजवादी) सल्यानको जिल्ला अधिबेशनमा ४५० प्रतिनिधि सहभागि हुदैँ

सल्यान, १७ चैत ।
नेकपा (एकीकृत समाजवादी) सल्यानको नवौँ जिल्ला अधिबेशमा साढेँ चार सय प्रतिनिधि सहभागि हुने भएका छन् । यही चैत २० र २१ गते खलंगामा हुने नवौँ जिल्ला अधिबेशनमा जिल्लाभरीबाट ४ सय ५० प्रतिनिधि सहभागि हुने भएका हुन् । जसमा निर्वाचन आयोजक समितिबाट एक सय १९ जना, जनवर्गिय संगठनहरुबाट ३० जना र बाँकी पालिकाबाट छनौट भएर आउने छन् ।

जिल्ला अधिवशेनलाई भब्य रुपमा सफल बनाउनका लागि प्रतिनिधिको टुंगो लागेको छ भने आवश्यक व्यवस्थापनको तयारी तिव्र पारिएको पार्टीका जिल्ला सचिव रमेश कुमार गौतमले जानकारी दिनुभयो । यस अघिबेशनले पदाधिकारी सहित ६७ सदस्यीय नयाँ जिल्ला कार्यसमिति निर्वाचित गर्ने उहाँको भनाइ छ । चैत २० गते उद्घाटन सत्र हुने छ भने २१ गते बन्द सत्र हुने छ ।

जिल्ला अधिबेशनमा पार्टीका केन्द्रीय वरिष्ठ उपाध्यक्ष तथा पुर्वमन्त्री राजेन्द्र प्रसाद पाण्डे, केन्द्रीय उपाध्यक्ष, प्रचार विभाग प्रमुख तथा पुर्वमन्त्री प्रकाश ज्वाला, पार्टी सचिव चन्द्र बहादुर शाही लगायत नेताहरुले सम्बोधन गर्ने तय भएको नेकपा (एकीकृत समाजवादी) सल्यानले जनाएको छ ।

लोगो

प्रतिक्रिया दिनुहोस