
सल्यान, १४ साउन ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सल्यानको छत्रेश्वरी गाउँपालिका ७ र त्रिबेणी गाउँपालिका १ मा कमिटी विस्तार गरेको छ । बुधबार सम्पन्न भेलाले दुबै वडामा नयाँ कमिटि गठन गरेको हो । छत्रेश्वरी गाउँपालिका ७ मा नन बहादुर बुढाथोकी सभापति, कमल बुढाथोकी उपसभापति, डिला वली सचिव र कालि बहादुर बुढाथोकी कोषाध्यक्ष रहेको कमिटि गठन गरिएको छ ।

यस्तै त्रिबेणी गाउँपालिका १ मा गोपाल थापा सभापति, गौरव पुन मगर उपसभापति, हुकुम खत्री सचिव र मिना बोहोरा कोषाध्यक्ष रहेको वडा कमिटि गठन गरिएको छ । रास्वपाका छत्रेश्वरी गाउँ सभापति सम्झना योगीको अध्यक्षतामा भएको कार्यक्रममा पार्टीका जिल्ला सभापति प्रकाश नेपालीको प्रमुख आतिथ्यता रहेको थियो ।