राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) द्धारा कपुरकोटमा कमिटी विस्तार, सभापतिमा केसी

सल्यान, ३० साउन ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सल्यानले कपुरकोट गाउँपालिकामा कमिटी विस्तार गरेको छ । शुक्रवार कपुरकोटमा सम्पन्न भेलाले मुकुन्द केसीको सभापतित्वमा नयाँ कार्य समिति चयन गरेको छ । जसको उपसभापतिमा चित्र बहादुर बस्नेत, सचिवमा बेद बहादुर वली, सहसचिवमा सुरेन्द्र घर्ती र कोषाध्यक्षमा सिर्जना भण्डारी रहनुभएको छ ।

रुद्रमणी शर्माको अध्यक्षतामा भएको भेलामा पार्टीका प्रदेश महामन्त्री ललित चन्द, जिल्ला सभापति प्रकाश नेपाली, प्रदेश सदस्य घनश्याम बुढा, जिल्ला सदस्य डम्मर खड्का लगाएतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस
भर्खरै प्रकाशित