
सल्यान, ८ भदौ ।
चर्चित बाध्यवाधक तथा गायक खर्क बहादुर बुढा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) त्रिबेणी गाउँपालिका सल्यानको सभापतिमा चयन हुनुभएको छ । शनिवार लुहाममा सम्पन्न भेलाले बुढाको सभापतित्वमा १७ सदस्यीय नयाँ गाउँ कार्य समिति चयन गरेको छ । जसको उपसभापतिमा गाैरब पुन, सचिवमा भोला प्रसाद रावत, सहसचिवमा राजकुमार खड्का र कोषाध्यक्षमा गिता खड्का रहनुभएको छ ।

यस्तै सदस्यहरुमा भुपाल साहु, छविलाल वली, शालिकराम खड्का, टोपेन्द्र बहादुर बस्नेत, बल बहादुर कवर, भिम बहादुर परियार, प्रदिप थापा, चन्द्रमुखी बस्नेत, मेहरमान कवर, हंशराज रावत, मेघ बहादुर विष्ट र झिन बहादुर नेपाली रहनुभएको छ ।

पार्टीका जिल्ला सभापति प्रकाश नेपालीको अध्यक्षतामा भएको कार्यक्रममा पार्टीका केन्द्रीय मानव विकास प्रबद्र्धन विभागका उपप्रमुख पवन राज देबकोटा, कर्णाली प्रदेशका महामन्त्री ललित चन्द लगाएतको सहभागिता रहेको थियो ।