सल्यानमा १६ जनाको उम्मेदवारी : पुराना दललाई नयाँ र स्वतन्त्रको टक्कर !

यस पटकको निर्वाचनमा पुराना तथा स्थापित राजनीतिक दलका उम्मेदवारसँगै नयाँ र स्वतन्त्र उम्मेदवारको सहभागिता देखिएको छ । उम्मेदवारहरूको संख्या धेरै भएसँगै प्रतिस्पर्धा रोचक बन्ने देखिन्छ । विशेषगरी नयाँ दल र स्वतन्त्र उम्मेदवारहरूले पुराना दलका उम्मेदवारलाई कडा चुनौती दिने देखिन्छ । स्थानीयका मुद्धा, विकास निर्माण, सुशासन र रोजगारीका विषयलाई प्राथमिकतामा राख्दै उम्मेदवारहरू मतदातामाझ पुग्ने तयारी गरेका छन् ।

सल्यान, ६ माघ ।
आउदो फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि सल्यानमा १६ जनाको उम्मेदवारी परेको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार आउँदो निर्वाचनका लागि पुराना तथा नयाँ दल र स्वतन्त्र गरेर १६ जनाको उम्मेदवारी परेको हो । जसमा नेपाली काँग्रेसबाट केश बहादुर विष्टको उम्मेदवारी परेको छ । यस्तै नेकपा एमालेबाट गुलावजंग शाहको उम्मेदवारी दर्ता हुदा नेपाली कम्युटिस्ट पार्टी (नेकपा) बाट रमेश कुमार मल्लको उम्मेदवारी परेको छ ।

यस्तै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट ललित कुमार चन्द, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट अनिशा नेपाली र नेकपा माओवादीबाट चन्द्र बहादुर खड्काको उम्मेदवारी परेको छ । यस्तै नेपाल मजदुर किसान पार्टीबाट लाल बहादुर थापा, नेशनल रिपब्लिक नेपालबाट डिल्ली बहादुर घर्ती, प्रगतिशिल लोकतान्त्रिक पार्टीबाट सन्तोष कुमार राई, आम जनता पार्टीबाट मानसिंह कामी, स्वतन्त्र नागरिक पार्टीबाट कालिदाश विकको उम्मेदवारी परेको छ ।

यस्तै राष्ट्रिय जनमोर्चा पार्टीबाट कमला डाँगी, मंगोल नेशनल अर्गनाइजेशनबाट बाँलसिंह घर्ती र श्रम संस्कृति पार्टीबाट धन बहादुर बुढा मगरको उम्मेदवारी परेको छ । यस्तै स्वतन्त्रबाट ध्रुवराज वली र जुद्ध बहादुर सिंहको उम्मेदवारी परेको छ । यस पटकको निर्वाचनमा पुराना तथा स्थापित राजनीतिक दलका उम्मेदवारसँगै नयाँ र स्वतन्त्र उम्मेदवारको सहभागिता देखिएको छ । उम्मेदवारहरूको संख्या धेरै भएसँगै प्रतिस्पर्धा रोचक बन्ने देखिन्छ । विशेषगरी नयाँ दल र स्वतन्त्र उम्मेदवारहरूले पुराना दलका उम्मेदवारलाई कडा चुनौती दिने देखिन्छ । स्थानीयका मुद्धा, विकास निर्माण, सुशासन र रोजगारीका विषयलाई प्राथमिकतामा राख्दै उम्मेदवारहरू मतदातामाझ पुग्ने तयारी गरेका छन् ।

नेपाली कांग्रेसको तर्फबाट उम्मेदवार विष्ट पार्टीको जिल्ला सभापति हुनुहुन्छ । उहाँले यसअघि जिल्ला समन्वय समिति प्रमुखको जिम्मेवारी सम्हालिसक्नुभएको छ भने पछिल्लो स्थानीय तह निर्वाचनमा छत्रेश्वरी गाउँपालिकाको अध्यक्ष पदमा पराजित हुनुभएको थियो । मनोनयन दर्तापछि उहाँले देशको राजनितिलाई सहि दिशामा लैजान, देशको नेतृत्व गर्न, जनताको हित र संविधानको रक्षाको लागि आफ्नो उम्मेदवारी रहेको बताउनुभयो ।

नेकपा एमालेको तर्फबाट उम्मेदवार शाह पार्टीको कर्णाली प्रदेश अध्यक्ष हुनुहुन्छ । २०७४ सालमा प्रदेशसभा सदस्यमा निर्वाचित भएका उहाँ अघिल्लो प्रदेशसभा सदस्य निर्वाचनमा भने पराजित हुनुभएको थियो । मनोनयन दर्ता गर्दै उहाँले अहिले मुलक शंकटमा परेकोको अवस्थामा दिनहुँ संविधान र व्यवस्थाप्रति प्रहार भैरहेकाले समृद्ध नेपाल, सुखी नेपालीको नारालाई साकार पार्नका लागि आफ्नो उम्मेदवारी रहेको बताउनुभयो ।

नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का उम्मेदवार रमेश कुमार मल्ल विद्यार्थी राजनीतिबाट उदाएका नेता हुनुहुन्छ । अखिल क्रान्तिकारीका केन्द्रिय पूर्वअध्यक्ष मल्लले यसअघि पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको स्वकीय सचिवको रुपमा काम गर्नुभएको थियो । पहिलो पटक संसदीय निर्वाचनमा सहभागी भएका उहाँले समयको माग, युवाको भावना र देशप्रतिको जिम्मेवारीले ताजा जनादेशमार्फत देशको संकटलाई अन्त्य गर्ने योजना सहित सल्यानी जनताको भावना र माग अनुसार आफुले उम्मेदवारी दिएको बताउनुभयो ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार ललित कुमार चन्द पार्टीका कर्णाली प्रदेश महामन्त्री हुनुहुन्छ । उम्मेदवारी दर्ता गर्दै उहाँले देशको समृद्धि, न्याय, सुशासन, देशको विकास र सबै युवालाई स्वदेशमै रहने वातावरण सिर्जना गर्नका लागि आफ्नो उम्मेदवारी रहेको बताउनुभयो ।

 

प्रतिक्रिया दिनुहोस