आत्मनिर्भर बनाउन खड्गदेवीमा शैक्षिक उन्नयन कोष निर्माण : सहयोग गर्न सबैमा आग्रह

सल्यान, ९ माघ ।
सल्यानको शारदा नगरपालिका ३ मा रहेको खड्गदेवी आधारभूत विद्यालयमा वसन्त पन्चमीको अवसरमा विविध कार्यक्रम सम्पन्न भएको छ । शारदा नगरपालिकाका प्रमुख प्रकाश भण्डारीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा जिल्ला समन्व समिति सदस्य बिमला केसी, शारदा नगरपालिका ३ नम्बर वडाअध्यक्ष तुल्सा भण्डारी, नगर शिक्षा शाखा प्रमुख लिलाधर बबाल, स्थानिय समाजसेवी भोला प्रशाद महर्जन लगाएतको सहभागिता रहेको थियो ।

शिक्षक अभिभावक संघका अध्यक्ष इश्वरी प्रसाद देवकोटाको अध्यक्षतामा भएको कार्यक्रममा बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष मौसम दास श्रेष्ठले विद्यालयले गर्दै आएका असल अभ्यास र अवको योजनाका बारेमा प्रकाश पार्नुभएको थियो । शिक्षिका डम्बरी प्रधानको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सञ्चालन प्रधानाध्यापक दिपेन्द्र प्रसाद रेग्मीले गर्नुभएको थियो ।

सो अवसरमा सरस्वती पुजा, विद्यालयको उन्नयन कोषको विवरण सार्वजनिक र विद्यार्थीको बौद्धिक बिकास हुने खाले प्रतियोगितात्मक खेलहरु सम्पन्न भएका छन् । कार्यक्रममा विर बहादुर सेजवाल, धु्रवराज वली लगाएतले पनि बोल्नुभएकोथियो । वक्ताहरुले विद्यालयको हितमा काम गर्ने बताएका छन् । बिद्यालयलाई आत्मनिर्भर बनाउन सञ्चालन गरिएको उन्नयन कोषमा सहयोग गर्न बिद्यालयले सबैलाई आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस