सल्यानको त्रिबेणीमा सातौँ अध्यक्ष कप तथा राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता सुरु

सल्यान, १३ माघ ।
सल्यानको त्रिवेणी गाउँपालिकामा सातौँ अध्यक्ष कप तथा राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता सुरु भएको छ । स्वास्थ्यका लागि खेलकूद, राष्ट्रका लागि खेलकूद भन्ने आदर्श वाक्यका साथ मंगलवार त्रिवेणी गाउँपालिकाको रिखे वजार खेलमैदानमा प्रतियोगिता सुरु भएको हो । पालिकाभित्रका २८ वटा सामुदायिक र ४ वटा संस्थागत गरेर ३२ वटा बिद्यालय सहभागि भएको प्रतियोगितामा ७४४ खेलाडी सहभागि भएका छन् ।

प्रतियोगितामा प्राथमिक तहतर्फ ४ वटा, आधारभूत तहतर्फ ९ वटा र माध्यमिक तहतर्फ १५ वटा विधामा खेल हुने छन् । यस्तै वडास्तरीय खुला पुरुष तथा भलिवल प्रतियोगिता सञ्चालन भएको छ । प्रतियोगिताको उद्घाटन गर्दै कर्णाली प्रदेशका उद्योग, पर्यटन वन तथा वातावरण मन्त्री सुरेश अधिकारीले खेलकूद क्षेत्रलाई तीनै तहका सरकारले प्राथमिकता दिएको बताउनुभयो ।

राष्ट्रका लागि खेल्ने थुप्रै खेलाडी भएपनि राज्यले खेलमैदान र संरचना निर्माणमा ध्यान दिन नसक्दा विगतमा खेलक्षेत्रको विकास हुन नसकेको अवस्थामा पछिल्लो समय सरकारले लगानी बढाउँदै लगेको उहाँको भनाइ छ । उहाँले खेलक्षेत्रको विकास विना अरु क्षेत्रको विकास सम्भव नभएकाले खेलाडी प्रोत्साहन गर्न र यसको विकास गर्न सबैको साथसहयोग आवश्यक रहेको बताउनुभयो ।

default

गाउँपालिका अध्यक्ष खिम बहादुर रावतको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला समन्वय समिति सल्यानका प्रमुख बेलाराम रावल, बागचौर नगरपालिका प्रमुख जनकराज गौतम, त्रिबेणी गाउँपालिकाका संस्थापक अध्यक्ष मान बहादुर डाँगी, उपाध्यक्ष करुणा खड्का लगाएतले बोल्दै खेल क्षेत्रमा भविष्य खोजिरहेका खेलाडीलाई प्रोत्साहन गर्दै यसैमा टिक्ने वातावरण मिलाउनुपर्नेमा जोड दिनुभयो ।

गाउँपालिका उपाध्यक्ष सिता खड्का पुनको स्वागत मन्तव्यवाट शुरु भएको उद्घाटन कार्यक्रमको संचालन पशु शाखामा कार्यरत बसन्त रावतले गर्नुभएको थियो ।

 

प्रतिक्रिया दिनुहोस