सल्यान बाहिर बस्ने मतदाता नेपाली कम्युनिष्ट पार्टीमा जोडिएः मल्लको माहोल झन् बलियो


सल्यान, २१ फागुन ।
नेपाली कम्युनिष्ट पार्टी सल्यानले आसन्न प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गर्दै बुधबार दाङको तुलसीपुर र बाँकेको कोहलपुरमामा सम्पर्क समिति भेला तथा भेटघाट कार्यक्रम सम्पन्न गरेको छ । निर्वाचनमा तारा चुनाव चिन्हवाहक उम्मेदवार रमेश मल्ललाई विजयी बनाउनको लागि जिल्ला बाहिरका मतदातालाई पनि पार्टी जोड्ने हेतुका साथ भेला तथा भेटघाट कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि पार्टी केन्द्रीय सदस्य प्रकाश ज्वालाले भ्रष्टाचार, कुसंस्कार विरुद्ध र सुशासन, रोजगारी र समृद्धिको पक्षमा आफनो पार्टि रहेको बताउदै आफुले पाएको जिम्मेवारी पूरा गर्दै पार्टीका उम्मेदवारलाई बहुमतसहित विजय गराउन सबै एकजुट भएर लाग्नुपर्ने बताउनुभयो । यस्तै पार्टीका केन्द्रीय सदस्य भीमप्रकाश शर्माले वर्तमान आवश्यकतालाई मध्यनजर गर्दै सल्यानमा पार्टीले युवा उम्मेदवार अघि सारेको रमेश मल्ललाई विजय गराउन सक्रिय रूपमा लाग्न आग्रह गर्नुभयो ।

कार्यक्रममा नेपाली कम्युनिष्ट पार्टीका प्रतिनिधि सभा सदस्य उम्मेदवार रमेश मल्लले आफ्नो उम्मेदवारी पार्टी नेतृत्वको महत्वपूर्ण निर्णय, त्याग र जिम्मेवारीको निरन्तरता भएको बताउनुभयो । उहाँले जिल्ला बाहिर रहने सल्यानीहरुको सहयोग अपरिहार्य रहेको बताउनुभयो । मल्लले अहिले पार्टीभित्र संगठनात्मक एकता मजबुत बनेको बताउदैँ जनताको प्रतिनिधित्वमार्फत समृद्ध सल्यान निर्माण आफ्नो मुख्य लक्ष्य रहेको स्पष्ट पार्नुभयो । उहाँले संविधान निर्माण प्रक्रियामा नेपाली कम्युनिष्ट आन्दोलनको भूमिका ऐतिहासिक र महत्वपूर्ण रहेको स्मरण गर्दै अब विकास, सुशासन र सामाजिक न्यायलाई प्राथमिकतामा राखेर अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

सोही अवसरमा ७५ सदस्यीय सल्यान–दाङ निर्वाचन सम्पर्क समन्वय समिति गठन गरिएको छ । समितिको संयोजकमा आशिष मल्ल, सहसंयोजकमा गोविन्द क्षेत्री र सचिवमा कर्णबहादुर ओली चयन हुनुभएको छ । त्यस्तै, १७५ सदस्यीय सल्यान–बाँके निर्वाचन सम्पर्क समन्वय समिति पनि गठन गरिएको छ । जसको संयोजकमा ओपेन्द्रनाथ योगी रहनुभएको छ ।

कार्यक्रममार्फत जिल्लाबाहिर बसोबास गर्ने सल्यानवासी मतदातासँग समन्वय, संगठन विस्तार, चुनावी परिचालनलाई व्यवस्थित बनाउने र पार्टीका एजेण्डा जनस्तरसम्म पु¥याउने उद्देश्यले भेला राखिएको हो । आगामी निर्वाचनमा व्यापक जनसम्पर्क, एकीकृत अभियान र मतदाता जागरणलाई तीव्र बनाउँदै पार्टीका उम्मेदवार मल्ललाई विजयी बनाउन सबै लाग्नुपर्नेमा जोड दिइएको छ । यस कार्यक्रमले मल्लको पक्षमा मतदाताको आकर्षण बढ्नुका साथै माहोल थप बलियो बनेको छ ।

प्रतिक्रिया दिनुहोस
भर्खरै प्रकाशित