राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बन्गाड कुपिण्डेको सभापतिमा वली

सल्यान, २४ साउन ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सल्यानको बन्गाड कुपिण्डे नगरपालिकामा कमिटि गठन गरेको छ । शनिवार सल्लीवजारमा सम्पन्न भेलाले लोकेन्द्र वलीको सभापतित्वमा पहिलो नगर समिति गठन गरेको हो । जसको उपसभापतिमा जयकृष्ण लामिछाने, सचिवमा राम बहादुर केसी, सहसचिवमा रुपलाल बुढा र कोषाध्यक्षमा दिपा विष्ट रहनुभएको छ । यस्तै सदस्यहरुमा मिलन बुढामगर, सजन विष्ट, रामबहादुर विष्ट, कुमार बुढा, लिलाधर पुरी, लक्ष्मण परियार, पहलमान पुन, जानकी राना, रत्न बहादुर बिक, जानकी कवर मगर लगाएत रहनुभएको छ ।

पार्टीका जिल्ला सभापति प्रकाश नेपालीको अध्यक्षतामा भएको कार्यक्रममा कर्णाली प्रदेश महामन्त्री ललित चन्द, नेताहरु केवल गिरी, बुद्धि हमाल, केशवराज केसी, अर्पण कुमार राई, विर बहादुर राना, विजय वली, सञ्जय श्रेष्ठ लगाएको सहभागिता रहेको थियो । कार्यक्रमको सञ्चालन रास्वपाका जिल्ला सचिव श्रीकान्त राईले गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस
भर्खरै प्रकाशित