
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनमा सल्यानबाट रमेश कुमार मल्ललाई जिताउन अर्का उम्मेदवार मानसिंह विकले सहयोग गर्ने भएका छन ।
नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार रमेश कुमार मल्ल र आम जनता पार्टीका उम्मेदवार मानिसिंह कामीबीच आपसी समझदारी भएको हो।
दुवै उम्मेदवारबीच भएको सहमतिअनुसार राजनीतिक स्थायित्व र आर्थिक क्रान्तिका लागि दुवै पक्ष प्रतिबद्ध रहने जनाइएको छ।
राजनीतिक वैचारिक विचलन, विभाजन र भ्रष्टाचारको अन्त्य गर्ने सहमतीमा उल्लेख छ ।
साथै, लामो समयदेखि पीडित जनताका माग तथा समस्याहरू समाधान गर्न संयुक्त रूपमा संघर्ष समिति उठाएका मागहरू पूरा गर्न पहल गर्ने सहमति पनि भएको छ।
समझदारी अनुसार फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा आम जनता पार्टीका उम्मेदवार मानिसिंह कामीले नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार रमेश कुमार मल्ललाई समर्थन गर्दै तारा चिन्हमा मतदान गर्ने उल्लेख गरिएको छ।