
सल्यान, १३ माघ ।
सल्यानको खलंगामा मिडिया सेन्टर स्थापना गरिएको छ । आउदो फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनमा नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार तारा चिन्ह वाहक प्रत्यक्ष तर्फ रमेश कुमार मल्ल र समानुपातिक तर्फ शारदा परियारलाई विजयी बनाउनको लागि प्रचारप्रसार गर्न मिडिया सेन्टर स्थापना गरिएको हो ।
एक कार्यक्रमको विच मंगलबार खलंगामा मिडिया सेन्टर स्थापना गरिएको प्रचारप्रसार समितिका संयोजक रमेश कुमार गौतमले जानकारी दिनुभयो । मिडिया सेन्टर स्थापना गर्दै मल्ल र परियारले देशको विकास र समृद्धिका लागि तारा चिन्हमा मतदान गरेर निर्वाचित गराउन अनुरोध गर्नुभयो ।