रमेश मल्ल सल्यानीका नेता हुन्, हामी उनलाई नै मतदान गछौंः मतदाता

२, फागुन ।
सल्यान बागचौरका मतदाताले आफुहरुले देशमा कम्युनिष्ट पार्टीका कारण परिवर्तन आएको भन्दै तारा चिन्हमा मतदान गर्ने जनाएका छन ।
देशमा व्यवस्था परिवर्तन देखि विकासका पुर्वाधार बस्तीतह सम्म पुग्नुमा माओवादी आन्दोलन र नेकपाको देन भएको बताएका हुन । समाजमा वर्ग, जात, लिंगका आधारमा हुने विभेदहरुमा तत्कालिन माओवादी र अहिलेको नेकपाकाले गरेको आन्दोलनका कारण अन्त्य भएको भन्दै उनिहरुले नेकपाका युवा उम्मेदवार रमेश मल्ललाई जिताउने बताएका हुन ।

बागचौरको वडा नं. ५ का सिलनेटा, खत्रीगाउँ धारापानीका बासिन्दाहरुले घरभेटघाटमा पुुगेका उम्मेदवारलाइ जिताउने प्रतिवद्धता जनाएका छन ।
अहिलेको जेन्जी आन्दोलनको माग अनुसार राजनीतिक दलहरु परिमार्जन हुनुपर्ने भएकाले जिल्लामा पुराना स्थापित राजनीतिक दलबाट मल्ल अग्रपंक्तीमा रहेको भन्दै उनिहरुले विगतमा जस्तै एकछापे तारामा नै मतदान गर्ने बताए ।

स्थानीय चक्र खत्रीले भन्नुभयो ‘रमेश मल्ल जेन्जी आन्दोलनका कारण टिकट पाएका नेता हुन, हामी उनलाई नै मतदान गछौं । विकास भन्ने कुरा जितेपछिगर्ने कुरा हो रमेश मल्लका विषयमा हामीले सुनेका छौं हामी यो पटक उहाँलाइ जिताउछौं ।’

रमेश मल्ल यतिबेला बागचौर र दार्माका बस्तीमा चुनावी अभियान लिएर हिडिरहनुभएको छ ।

प्रतिक्रिया दिनुहोस
भर्खरै प्रकाशित