
सल्यान २३, भदौ ।
सल्यानमा तीन दिने आधारभूत पत्रकारिता तालिम सम्पन्न भएको छ । नेपाल पत्रकार महासंघ सल्यान शाखाले नयाँ पत्रकार उत्पादन गर्ने उदेश्यले सञ्चालन गरेको तालिम सोमबार सम्पन्न भएको हो । तालिम शनिवारबाट महासंघको हल खलंगामा सुरु भएको थियो ।
तालिममा सहभागीहरूले पत्रकारिताका आधारभूत विषयसँगै व्यवहारमा प्रयोग हुने सीप र प्रविधिबारे जानकारी पाएका छन् । तालिममा सञ्चार तथा पत्रकारिता, समाचारको अवधारणा, समाचारको संरचना, समाचारका स्रोत, समाचार लेखन, उद्घोषण, रेडियोमा प्रविधिको प्रयोग, फोटो पत्रकारिता, अन्तर्वार्ता, मोबाइल पत्रकारिता तथा पत्रकार आचारसंहिता लगायतका विषयमा प्रशिक्षण दिइएको थियो ।
तालिममा जिल्लाभरका २३ जनाको सहभगिता रहेको थियो । समापन कार्यक्रममा नेपाल पत्रकार महासंघ सल्यानका पुर्वअध्यक्ष रमेश कुमार गौतम, पुर्वअध्यक्ष प्रतीक इच्छुक शर्मा तथा पुर्वकार्यवाहक अध्यक्ष सनत कुमार शर्मा लगाएतले बोल्नुभएको थियो । तालिममा सहभागिहरुले पत्रकारिताका बारेमा सिक्न र बुझ्न पाएको भन्दै आयोजकलाई धन्यवाद ज्ञापन गरेका छन् ।
शाखा अध्यक्ष डिल्ली राज रावतको अध्यक्षतामा भएको तालिम समापन कार्यक्रमको सहजिकरण सचिव बुद्धि पुनले गर्नुभएको हो ।