सिरहामा एक १४ वर्षीया किशोरीमाथि बलात्कारको प्रयास भएको छ ।
सिरहाको कल्याणपुर–८ अरङमा किशोरीमाथि शनिबार साँझ जबरजस्ती करणीको प्रयास भएको हो ।
साँझपख घरमा कोही नभएको मौका छोपी सोही गाउँका २३ वर्षीय मो. रहिम मन्सुरीले किशोरीमाथि बलात्कारको प्रयास गरेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।
राईनले किशोरीको घरमै पसी मुख थुनेर जबरजस्ती करणीको प्रयास गरेपछि किशोरी चिच्चाएको र स्थानीयले किशोरीलाई उद्धार गरेका थिए ।
स्थानीयले किशोरीको उद्धारसहित युवकलाई समेत नियन्त्रणमा लिएर प्रहरीको जिम्मा लगाएका छन् ।
घटनापछि राति नै किशोरीको जिल्ला अस्पताल सिरहामा स्वास्थ्य परिक्षण गराइएको छ । रिपोर्ट आउँन बाँकी रहेको ईलाका प्रहरी कार्यालय मिर्चैयाका डिएसपी सुकदेव खनालले जानकारी दिए ।
बलात्कारको प्रयास गरेका राईनलाई प्रहरी हिरासतमा राखिएको छ । पीडितले दिएको उजुरीको आधारमा युवकलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको डिएसपी खनालले जनाए ।