तोकिएको मितिमा धरहरा नबन्नेमा आशंका

सल्यान टुडे
सल्यान २, कार्तिक

गोरखा भूकम्पका क्रममा ढलेको धरहरा तोकिएको समयमा निर्माण हुन नसक्ने भएपछि ठेकेदार कम्पनी समयावधि थप्नले लविङमा जुटेको छ । धरहराको बाँकी संरचना निर्माणका लागि पर्याप्त जग्गा समयमा उपलब्ध हुन नसकेको भन्दै निर्माण कम्पनीले समय थप गर्न पुनर्निर्माण प्राधिकरणलाई आग्रह गरिरहेको छ । निर्माण कम्पनीसँग दुई वर्ष भित्रमा धरहराको निर्माण सक्नुपर्ने गरि सम्झौता भएको थियो ।

तर निर्माण कम्पनी अहिलेदेखि नै म्याद थप्ने लविङमा लगिरहेको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको कार्यालयले जानकारी दिएको छ । धरहरा निर्माण सुस्त भइरहेको राष्ट्रिय पुनर्निर्माण प्राधिकरण सम्पदा विभागका प्रमुख राजुमान मानन्धरले बताउनुभयो । उहाँका अनुसार असोजसम्ममा धरहरा टावरको सम्पूर्ण काम सकिसक्नु पर्ने थियो । ५० प्रतिशत काम सकिसक्ने अवस्थामा अहिलेसम्म धरहराको भौतिक संरचनाको ३० प्रतिशत मात्रै काम भएको उहाँले जानकारी दिनुभयो ।

निर्माण व्यवसायीले धरहराको निर्माण गर्ने बेला सम्झौता भएअनुसार ४२ रोपनी जग्गा उपलब्ध गराउनु पर्ने माग गरेको उहाँले बताउनुभयो । दुई महिनाअगाडि हुलाक घर भएको भवन भत्काएर जग्गा उपलब्ध गराइसकिएको उहाँले जानकारी दिनुभयो । समय समयमा रकम भुक्तानी गरिरहँदा पनि निर्माण कम्पनीले ढिलो गरिरहेको उहाँ को भनाइ छ । पुनर्निर्माण प्राधिकरणसँग २०२० अक्टोबर ८ सम्ममा धरहरा निर्माण गर्ने गरी जिआइटीसी रमण कम्पनीले सम्झौता गरेको हो ।

प्रतिक्रिया दिनुहोस