सल्यान टुडे
सल्यान २, कार्तिक
सल्यानको ढोरचौरबाट सल्लीबजार हुदैँ सुर्खेत जोड्ने सडक खण्डको बाँकी ट्रयाक खोल्ने काम शुरु भएको छ । सिद्धकुमाख गाउपालिकाको मुकाम ढोरचौर, छापडाँडा, मैदुपोखरी, सल्लीबजार हुदैैँ प्रदेश राजधानी सुर्खेत जोड्ने सडक खण्डको बाँकी ट्रयाक खोल्ने काम शुरु भएको हो । कर्णाली प्रदेश सरकार, भौतिक पूर्बाधार मन्त्रालय अन्र्तगतको गत आर्थिक बर्ष २०७५÷०७६ को २ करोडको बजेटबाट सडकको काम शुरु भएको हो ।
गत आर्थिक बर्षको अन्त्य तीर टेण्डर भएका आयोजनाहरुको अहिले स्वीकृत भएर काम शुरु भएको कर्णाली प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वालाले जानकारी दिनुभयो । उहाँले बहुबर्षिय योजना अन्र्तगतका योजनाहरुको काम शुरु भएको बताउनुभयो । गत बर्ष बिबिध कारणले काम शुरु हुन नसकेका योजनाहरुको यस आर्थिक बर्षको शुरु देखी नै काम शुरु भएको हो ।
यस्तै त्रिबेणी गाउपालिकाको लुहाम, काभ्रा हुदैँ कालीमाटी रामपुर जोड्ने सडकको पनि काम तत्काल शुरु हुने उहाँले बताउनुभयो । सल्यान प्रदेश सभा ख बाट निर्बाचित मन्त्री ज्वालाले यस सडकको लागी करिब १० करोड रुपैँया रहेको बताउनुभयो । कर्णाली प्रदेश सरकारले चालु आर्थिक बर्षको लागी सल्यानमा कुल १ अर्ब १२ करोड रुपैँया बिनियोजन गरेको छ ।
यसैबिच ढोरचौर, छापडाँडा, मैदुपोखरी, सल्लीबजार हुँदै सुर्खेत जोड्ने सडकको बाँकी नयाँ ट्रयाकको काम शुरु भएको छ । सिद्धकुमाख गाउपालिका उपाध्यक्ष पुष्पा कुमारी बोहराले नयाँ ट्रयाकको शिलन्यास गर्नुभएको छ । यस सडक निर्माणको जिम्मा हमाल कन्ट्रक्शन शारदा नगरपालिका २ ले हात पारेको छ । अहिले करिब १६ किमी सडक निर्माणको जिम्मेवारी दिईएको छ ।
सो अबशरमा बोल्दै गाउपालिका उपाध्यक्ष बोहराले गुणस्तरी काम गर्न निर्माण कम्पनीलाई आग्रह गर्नुभएको छ । उहाँले सडक निर्माणको क्रममा अबरोध नगर्न स्थानियलाई सुझाव दिदैँ बरु सडकको गुणस्तरीयतामा ध्यान दिन आग्रह गर्नुभयो । यस सडकलाई चौडा बनाउनको लागी प्रदेश सरकारले चालु बर्षमा पनि करिब ३ करोड रुपैँया बिनियोजन गरेको छ ।