उपनिर्वाचनको लागि दलहरूको तयारी सुरु

सल्यान २ कार्तिक
आउँदो मङ्सिर १४ गते हुने उपनिर्वाचनका लागि दलहरूले आन्तरिक तयारी थालेका छन् । उपनिर्वाचनको मिति नजिकिएसँगै दलहरू उम्मेदवार ककस्लाई उठाउने भन्ने छलफलमा जुटेका हुन् । नेपाल कम्युनिष्ट पार्टी नेकपाले उपनिर्वाचनका लागि यही कात्तिक १० गतेसम्म उम्मेदवारको सिफारिस पठाउन मातहतका निकायलाई निर्देशन दिईसकेको छ ।

उपनिर्वाचनको तयारीबारे छलफल गर्न नेपाली काँग्रेसले यही कात्तिक ७ गते केन्द्रीय समितिको बैठक बोलाएको छ । बैठकले कास्की २ को उम्मेदवार टुङ्गो लगाउने सम्भावना छ । धनराज गुरुङ, देवराज चालिसेलगायत नेताहरूको नाममा छलफल भइरहेको नेताहरूले बताएका छन् । मंसिर १४ गते प्रतिनिधिसभाका लागि कास्की क्षेत्र नं. २, प्रदेश सभाका लागि बाग्लुङ क्षेत्र नम्बर २ को प्रदेश ख, दाङ क्षेत्र नम्बर ३ को ख र भक्तपुर १ को क तथा अरु स्थानीय तहमा गरि ४८ स्थानमा उपचुनाव हुन लागेको छ ।

प्रतिक्रिया दिनुहोस