सल्यान टुडे
सल्यान २ कार्तिक ।
सल्यानका २४ हजार बालबालिकालाई भिटामिन ‘ए’ खुवाईदैँ छ । आज –शनीबार) र भोली (आईतबार) गरेर दुई दिन ६ महिना देखि ५ वर्ष सम्मका बालबालिकालाई भिटामिन ‘ए’ र १ देखि ५ वर्षसम्मका बालबालिकालाई जुकाको औषधी खुवाउन थालिएको हो ।
सल्यानमा यस पटक छ महिना देखी माथी र पाँच वर्ष मुनिका २४ हजार ९ सय ५६ जना बालबालिकाहरुलाई भिटामिन ए खुवाईदैँ छ । स्वास्थ्य सेवा कार्यालय सल्यानले दिएको तथ्याङक अनुसार जिल्लाको बन्गाड कुपिण्डे नगरपालिकामा ३ हजार ९ सय ६५ जना, बागचौर नगरपालिकामा ३ हजार ३ सय ६७ जना र शारदा नगरपालिकामा २ हजार ९ सय १३ जना बालबालिकालाई भिटामिन ए खुवाईदैँ छ ।
यस्तै दार्मा गाउपालिकामा २ हजार २ सय ७६ जना, कुमाख गाउपालिकामा २ हजार ६ सय ७५ जना, सिद्धकुमाख गाउपालिकामा १ हजार ३ सय ८४ जना, छत्रेश्वरी गाउपालिकामा २ हजार १३ जना, कालीमाटी गाउपालिकामा २ हजार ४ सय १७ जना, त्रिबेणी गाउपालिकामा १ हजार ४ सय ४२ जना र कपुरकोट गाउपालिकामा १ हजार ८ सय ८५ जना बालबालिकालाई भिटामिन ए खुवाईदैँ छ ।
यस्तै जिल्लामा २१ हजार ४ सय ५९ जना बालबालिकालाई जुकाको औषधि खुवाउन लागिएको स्वास्थ्य सेवा कार्यालय सल्यानका खोप सुपरभाईजर दशरथ श्रेष्ठले बताउनुभयो । उहाँका अनुसार बागचौर नगरपालिकामा २ हजार ९ सय ५८ जना, बन्गाड कुपिण्डे नरपालिकामा ३ हजार ५ सय ३५ जना र शारदा नगरपालिकामा २ हजार ५ सय ५ जनालाई जुकाको औषधि खुवाईदैँ छ ।
यस्तै दार्मा गाउपालिकामा २ हजार ३९ जना, कुमाख गाउपालिकामा २ हजार ३ सय ७८ जना, सिद्धकुमाख गाउपालिकामा १ हजार २ सय २३ जना, छत्रेश्वरी गाउपालिकामा १ हजार ७ सय ५७ जना, कालीमाटी गाउपालिकामा २ हजार १ सय ४१ जना, त्रिबेणी गाउपालिकामा १ हजार २ सय ४३ जना र कपुरकोट गाउपालिकामा १ हजार ६ सय ८० जना बालबालिकालाई जुकाकोऔषधि खुवाईदैँ छ ।
जिल्लामा रहेका हरेक स्थानिय तहका प्रत्येक वडामा सवैलाई पाएक पर्ने स्थानमा महिला स्वास्थ्य स्वयमसेबिकाहरुले भिटामिन ए र जुकाको औषधि खुवाउदैँ छन् । आफुलाई पाएक पर्ने स्थानमा गएर आफ्ना बालबालिकालाई भिटामिन ए र जुकाको औषधि खुवाउन सकिन्छ ।