सल्यानमा सामाजिक बिकास कार्यालय स्थापना

सल्यान टुडे
सल्यान २ कार्तिक ।

कर्णाली प्रदेश मातहतमा रहने गरि सल्यानमा सामाजिक बिकास कार्यालय स्थापना गरिएको छ । शिक्षा, युवा तथा खेलकुद, महिला, बालबालिका तथा जेष्ठ नागरिक, श्रम तथा रोजगार लगाएतका क्षेत्रहरू हेर्ने गरि शुक्रबार खलंगामा कार्यालय स्थापना गरिएको हो ।

सामाजिक बिकास अधिकृत भिम प्रसाद पोखरेलले अब सल्यानमा सामाजिक बिकासको क्षेत्रमा प्रदेश सरकारले बिनियोजन गरेको बजेट तथा कार्यक्रम संचालन गर्न सजिलो हुने बताउनुभयो । कार्यालयमा ७ जना कर्मचारी दरबन्दी रहेको छ ।

शिक्षा निर्देशनालय सुर्खेतका निर्देशक भक्तबहादुर ढकालको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै जिल्ला समन्वय समिती सल्यानका उपप्रमुख हरि प्रकाश बुढाथोकीले जनतालाई छिटो छरितो सेवा प्रदान गर्न यस कार्यालयले महत्वपूर्ण भुमिका निर्बाह गर्ने बताउनु भयो ।

कार्यक्रममा कोष तथा लेखा नियन्त्रण कार्यालय सल्यानका कोष अधिकृत पुर्ण बहादुर वलि, शिक्षा बिकास तथा समन्वय इकाई सल्यानका प्रमुख लाल बहादुर घर्ति लगाएतले बोल्नु भएको थियो । कार्यक्रमको संचालन ईन्द्र प्रसाद उपाध्ययले गर्नु भएको थियो । जिल्लामा सामाजिक बिकास कार्यालय स्थापना भए सँगै जिल्लावासी खुसी भएका छन ।

प्रतिक्रिया दिनुहोस