दुर्गा बिसी, सल्यान टुडे
सल्यान ४, कार्तिक ।
सल्यानको पश्चिम क्षेत्रमा भित्रिएका वित्तिय संस्थाहरुको लगानी जोखिममा परिरहेको छ । बन्गाड कुपिण्डे नगरपालिकामा २०६९ साल यता एक पछि अर्को गर्दै करिव १९ वटा वित्तीय संस्थाले समुहमा ऋण परिचालन गरि काम गरिरहेका छन् । तर पछिल्लो चरणमा आएर समुहमा आवद्ध व्यक्तिहरु भाग्न थालेपछि संस्थाहरु तर्सिएका छन् ।
सवै भन्दा पुरानो निर्धन्न उत्थान वित्तिय संस्थाले १२ करोड ६० लाख रुपैयाँ लगानी भएको जनाएको छ । सल्लीवजारको सवै भन्दा पुरानो संस्था समेत समुहमा रहेका व्यक्तीहरु किस्ता नतिरी फरार भए पछि ऋण दिने कुरामा तर्सिएको हो । अहिले संस्थाहरुले धितोमा मात्रै लगानी गर्न थालेका छन् । पहिले संस्थाहरुले गाउँ गाउँ पसेर समुह निर्माण गर्दे ऋण परिचालन गरेका थिए । तर उक्त ऋण हाल आएर निक्कै जोखिममा परेको वित्तिय संस्थाका कर्मचारीहरुको भनाई छ ।
छिमेकी लघुवित्त शाखा सल्लीमा ५० भन्दा वढि ऋणीहरुले किस्ता नतिर्दा कर्मचारीको तलव रोकिएको छ । यस्तै छिमेकी, महिला सहयात्रा, एनआरएन, एनआईसी एसिया फाइनान्स, उन्नती, वातावरण, सुर्योदय, निर्धन उत्थान र चेतना उद्यमी लगाएतबाट लाखौ ऋण लगेर सल्लीवजारमा फरार हुनेको सुचि दिन प्रतिदिन वढ्दै गएको छ । संस्थाहरुले फरारको नाम खुलाउन नचाहे पनि सल्लीवजारमा १० जना भन्दा वढी व्यक्तिहरु भागि सकेका छन् । वित्तिय संस्थाहरुबाट ऋण कारेर वेपता हुनेहरु वढिरहेको एनआईसी वित्तिय संस्था सल्लीवजारले जनाएको छ ।
चेतना समाजिक उद्यमी संस्थाका प्रमुख रमेश कुमार चन्दका अनुसार सल्लीमा वित्तिय संस्थाहरु निक्कै जोखिपुर्ण अवस्थामा रहेका छन् । पछिल्लो समय ऋण कारेर किस्ता तिर्दा सम्पर्क विहीन हुनेहरुको सुचि आफ्नो संस्थामा पनि वढिरहेको उहाँको भनाई छ । धितो वाहेक अन्य कारोवारलाई पेचिलो वनाएको चन्दको भनाई छ ।
यस्तै एनआरएनका सल्ली शाखा प्रमुख अशोक कुमार वोगटीले शुरुको भन्दा पछिल्लो दिनहरुमा कामकाजमा कठिनाई भएको जनाउनु भयो । संंस्थाबाट पैसा कार्दै भाग्दै गर्नेहरुको वढी समस्या देखिएको उहाँको भनाई छ । सुरुमा ३ लाख ऋण दिने गरिएको थियो भने हाल आएर आम्दानी स्रोतलाई मध्यनजर गरि ऋण परिचालत गर्ने गरेको उहाँको भनाई छ ।
वित्तिय संस्थाहरुले हचुवाका भरमा ऋण दिदाँ समाजमा काम गरि खाने भन्दा ठग्नेहरुको समुह वढी देखिएको स्थानियको भनाई छ ।