नागढुंगा सिस्ने खोला सुरुङ मार्गको शिलान्यास

सल्यान टुडे,
सल्यान ५ कार्तिक ।
प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार नागढुंगा(सिस्ने खोला सुरुङ मार्गको शिलान्यास गर्नुभएको छ ।

सडक पूर्वाधारमा महत्वपूर्ण संरचना मानिएको सवारी साधन आवतजावतका लागि प्रयोग गरिने नेपालकै पहिलो सुरुङमार्गको चन्द्रागिरि नगरपालिका १ को टोटेपाखामा आयोजित समारोहमा प्रधानमन्त्री ओलीले शिलान्यास गर्नुभएको हो । उहाँले शिलापत्रको अनावरण पनि गर्नुभयो ।

सुरुङ मार्गका लागि २२ अर्ब रुपैयाँ लाग्ने अनुमान गरिएको छ । जापान अन्तर्रा्ष्ट्रिय सहयोग नियोग (जाइका) ले ० दशमलव ०१ प्रतिशत ब्याजदरमा १६ अर्ब सहुलियत ऋण दिनेछ भने ६ अर्ब रुपैयाँ नेपाल सरकारले आन्तरिक स्रोतबाट जुटाउने छ ।

प्रवेश मार्गसहित ५ दशमलव ५६ किमी सुरुङ मार्ग निर्माणले नेपालको पूर्वाधार विकासमा महत्वपूर्ण योगदान दिने विश्वास गरिएको नागढुंगा सुरुङ मार्ग निर्माण आयोजना निर्देशक श्यामप्रसाद खरेलले बताउनुभयो ।

झण्डै ६ अर्ब रुपैयाँ स्थानीय पीडितलाई मुआब्जा वितरणमै खर्च हुनेछ ।

प्रतिक्रिया दिनुहोस