रैथाने बाली जोगाउन किसानलाई बीउमा अनुदान

सल्यान टुडे
सल्यान ५, कार्तिक ।

रुकुम पूर्वको भुमे गाँउपालिकाले रैथाने बाली जोगाउने अभियान शुरु गरेको छ । लोप भएका र लोपोन्मुख अवस्थमा रहेका अन्नबालीको बीउमा कृषकलाई शतप्रतिशत अनुदान दिएको भुमे गाउँपालिकाका अध्यक्ष रामसुर वुढाले बताउनुभयो । उहाले लोपोन्मुख तथा स्थानीय बीउलाई संरक्षण र प्रवर्द्धन गर्ने उद्देश्यले पालिकाले बीउमा सतप्रतिशत अनुदानको व्यवस्था गरेको बताउनुभयो ।

उहाले भन्नुभयो, ‘गाउँपालिकाकाले चालू आर्थिक वर्षमा कृषिमा आत्मनिर्भरताको अभियान शुरु गरेको हो ।’ अनुदानमा बीउ वितरण गर्न रू.१ करोड ६७ लाख ६६ हजार बजेट विनियोजन गरिएको छ ।

‘स्थानीय उत्पादन हुने बीउ तोरी, फापर, कोदो,मकै लगायतको बीउमा शतप्रतिशत अनुदान वितरण भइराखेको छ’ उहाले भन्नुभयो ‘विगतका वर्षमा झैं आफै तोरी उत्पादन गरेर तेल, फापरबाट रोटी र कोदोबाट आत्मनिर्भर बनाउने लक्ष्य छ ।’ पछिल्लो समय जिल्लाका विभिन्न भागमा उत्पादन वृद्धि गर्ने नाममा हाइब्रिड जातका अन्नबाली भित्रिएका कारण रैथानेबाली लोप हुने अवस्थामा पुगेकोे छ ।

प्रतिक्रिया दिनुहोस