सल्यान टुडे
सल्यान ५, कार्तिक ।
रोल्पाको सुनीलस्मृति गाउँपालिका–२ मा रहेको खुंग्रीकोट दरबार संरक्षणको अभावमा भत्किन थालेको छ । १६औं शताब्दीमा राजा फत्तेप्रचण्ड सेनले राजकाज चलाउने यो ऐतिहासिक धरोहर संरक्षण नहुँदा जीर्ण बन्दै गएको छ ।
सम्बन्धित निकायको बेवास्ताले दरबार भग्नावशेषमा परिणत हुने चिन्ता बढेको स्थानीयले बताएका छन् । उक्त दरबार संरक्षण गर्न सके पर्यटन प्रवद्र्धन समेत हुने स्थानीय अशोक गिरीले बताउनुभयो ।
यसले ऐतिहासिक महत्वको समेत उजागर गर्ने उहाको भनाइ छ । गाउँपालिकाले दरबार संरक्षणका लागि केही बजेट विनियोजन गरे पनि यसका हकवालाले स्थानीय तहलाई दरबारको स्वामित्व नदिएपछि उक्त रकम अन्य ठाउँमा खर्च गर्नुपरेको सुनीलस्मृति गाउँपालिका–२ का वडाध्यक्ष नेत्रबहादुर गिरीले बताउनुभयो ।