फूलैफूलले ढकमक्क घरआँगन (फोटो फिचर)

सल्यान टुडे,
सल्यान ५ कार्तिक ।

हिन्दु नेपालीको महान चाड तिहार नजिकिदैँ गर्दा सल्यानमा फूलहरु ढकमक्क फुलेका छन् ।

जिल्लाका बजारीक्षेत्र तथा ग्रामिण क्षेत्रहरुमा बिभिन्न प्रकारका फूलहरु ढकमक्क फुलेका हुन् । अहिले यहाँका घर–आँगन, बारी, कान्ला, तथा कोदो बारीमा फूलहरु फूलेका छन् ।


पछिल्लो समयमा बजारहरुमा कृतिम फूलका मालाहरु प्रशस्त मात्रामा पाईने भएपनि जिल्लाका स्थानियहरुले भने स्थानिय स्तरमा नै उत्पादित फूलका मालाहरु तिहारमा लगाउने गर्दछन् ।

यहाँ फूलेका बिभिन्न फूल टिपी, माला गाँसेर तिहारमा लगाईन्छ ।


आजभोली यहाँका घरआँगनको डिलमा फुलेका सयपत्री, मखमली, गुर्दौली फूलले स्थानियको मन लोभ्याएको छ ।

ढकमक्क फूल फूले सँगै तिहार आए झैँ आभाष भएको छ ।

प्रतिक्रिया दिनुहोस