सल्यानको बन्गाड कुपिण्डेबाट १ करोडको खसीवोका निर्यात

दुर्गा वि.सी.सल्यान टुडे
सल्यान ५ कार्तिक ।

सल्यानको पश्चिम क्षेत्रबाट १ करोडको खसीबोका निर्यात भएको छ । जिल्लामा नै बाख्रापालन व्यवसायको लागी पकेट क्षेत्र मानिएको माझकाँडा, कुपिण्डे, निगालचुला र घाँजरीपिपल लगाएतका क्षेत्रबाट १ करोडको खसीवोका निर्यात भएको हो । यी क्षेत्रहरुमा अन्य पेशा भन्दा वढी बाख्रापाल व्यवसायीमा कृषकहरुको आर्कषण छ । बाख्रापालनबाट राम्रो आम्दानी हुनेभएपछि किसानहरु बाख्रापालन ब्यबसायमा जुटेका छन् ।


पछिल्लो समय सल्यान पश्चिम क्षेत्रमा वाख्रपालन व्यवसाय निक्कै फस्टाएको छ । सरोकारवाला निकायहरुबाट कुनै अनुदान नपाए पनि किसानहरु आफ्नै लगानीमा बाख्रा पालनमा लागेका छन् । नगरपालिकामा रहेको कृषि शाखाले पनि खासै सहयोग नगरेको कृषकहरुको गुणासो छ ।

यस बर्षको दशैमा मात्रै १ करोड मूल्य बराबरका खसीवोका यहाँबाट वाहिरीएको स्थानीय व्यापारी रुपलाल परियारले बताउनुभयो । आफुले मात्रै दशैको समयमा २५ लाखको खसीवोका पोखरा र काडमाण्डौ पठाएको उहाँको भनाई छ । यस क्षेत्रबाट ३ सय ५० वढी खसीवोका विक्रि भएको बताईएको छ ।


स्थानीय व्यापारी रुपलाल परियार, ज्ञान वहादुर वली, तिलक वुढा, ज्योती वुढामगर, भरत वली लगाएतका व्यापारीहरुले स्थानियबाट खसीबोका खरिद गरेर बिक्री गर्दै आएका छन् । यस अबधिमा १ करोडको खसीवोका वाहिरीएको ब्यबपारीको दावी छ । क्वारेन्टाइन भेटनरी, कृषि लगाएतका शाखाहरुले भने यस सम्बन्धी कुनै तथ्यांक नभएको जनाएका छन् ।

दशैमा मात्रै कति खसिवोका वाहिरीयो भन्दा यी निकायहरु भेखवर छन् । यहाँ उत्पादन भएका खसीबोकाहरु निक्कै राम्रो र स्वादिष्ट हुने भएकाले वढी माग भएको व्यापारीहरुको भनाई छ । खसीवोकाको तौत हेरेर १५ हजार देखि ५० हजार सम्म मुल्य पर्ने गरेको छ । सल्यान पश्चिम क्षेत्रका खसीवोका नेपालका विभिन्न शहरमा निर्यात हुने गरेको छ ।

प्रतिक्रिया दिनुहोस