जामुने वजारमा खानेपानी आयोजनाको काम तीव्र

दुर्गा बिसी, सल्यान टुडे,
सल्यान ६, कार्तिक ।

सुर्खेतको सिम्ता गाउँपालीका वडा नम्बर ६ जामुनेवजारमा लिफ्ट खानेपानी आयोजनाको परिक्षणको काम सफल भएको छ । गोजीखोला देखि जामुनेवजारमा खानेपानी आपुर्ति गर्नको लागि गाउँपालिकाले बहुवर्षिया वृहत खानेपानी योजना अघि थियो । आगामी ५ वर्ष भित्रमा जामुनेवजारमा सार्वजनिक धारा विस्थापित गर्ने लक्ष्यका साथ काम अघि वढेको गाउँपालिका अध्यक्ष कविन्द्र कुमार के.सीले बताउनुभयो ।


अहिले १ सय केविको ट्रन्सफर्मर र १ लाख घनलिटर क्षमताको रिजर्भ टंयाकीको काम अघि वढेको छ । पहिलो वर्षमा जिल्ला खानेपानी आयोजना सुर्खेत र गाउँपालिकाको आर्थिक सहयोगमा उक्त काम सकिएको छ भने वजारमा पानी परिक्षण गरि हाल वैकल्किप ३ स्थानमा पानी आपुर्ति गर्ने काम भएको छ ।

वजारवासीले वर्षेनी चरम खानेपानीको संकट व्यहोरीरहेको समयमा तत्कालको लागी वैकल्पीक उपाय परिक्षणको क्रममै छोडेको पानीले राहत गरेको छ । यस योजनाको काम सम्पन्न भए पछि वजारवासीले फिल्टे«शन सफा पानी प्रयोग गर्ने जनाएको छ । खानेपानीको निक्कै समस्या व्यहोरीरहेका साविक वडा २, ३, ५ र ६ का लिसिडाँडा, जामुनेवजार, ज्यामिरचौर, दमेना र सेतुल्याका ५ सय वढी घरधुरीका ५ हजार वढी स्थानीय खानेपानी सुविधाको पहुँचमा पुग्ने गाउँपालिका अध्यक्ष केसीको भनाई छ ।


अव बाँकी रहेको काम विभिन्न दातृनिकाय र गाउँपालिकाको साझेदारीमा छिट्टै सम्पन्न हुने जनाएको छ । एक घर, एक धाराको अवधारणा अनुसार आयोजनाको काम अगाडी बढेको खानेपानी निर्माण समितीका अध्यक्ष लक्ष्मी रेग्मीले बताउनुभयो । उहाँका अनुसार खानेपानी आयोजनामा जिल्ला खानेपानी र गाउँपालिकाको रु. ५० लाख खर्च भैसकेको छ ।

प्रतिक्रिया दिनुहोस