सल्यान टुडे,
सल्यान ६, कार्तिक ।
कर्णाली प्रदेश सरकारको निर्णय अनुसार सल्यानमा पुर्वाधार बिकास कार्यालय स्थापना भएको छ । साबिकको जिल्ला प्राबिधिक कार्यालयमा बुधबार कर्णाली प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वालाले उद्घाटन गर्नु भएको हो ।
सो अबशरमा बोल्दै मन्त्री ज्वालाले पुर्वाधार क्षेत्रको काम अब जिल्ला बाट नै संचालन हुने बताउनुभयो । उहाँले बिगतमा पुर्वाधार क्षेत्रको कामको लागि दाङ्ग, सुर्खेत वा रुकुम जानुपर्ने बाध्यता रहेको बताउँदै अबका दिनमा भने त्यो बाध्यताको अन्त्य हुने बताउनुभयो ।
उहाँले जनतालाई सहजताको लागि पनि सल्यानमा कार्यालय स्थापना गरिएको बताउनुभयो । यस कार्यालयले जिल्लामा रहेर सडक, पुल, भवन लगाएतमा क्षेत्रमा काम गर्ने छ । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी चुडाराज न्यौपाने लगाएत सरोकारवालाहरुको सहभागिता रहेको थियो ।
गोपाल शर्माको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन भुपेन्द्र जैसीले गर्नु भएको थियो ।