दुर्गा बिसी, सल्यान टुडे,
सल्यान ६, कार्तिक ।
सल्यानको पश्चिमी क्षेत्रमा पर्ने सबै भन्दा ठुलो वजारको रुपमा रहेको सल्लिवजारमा कहिल्यै पनि अनुगमन नहुने गरेको स्थानियले गुणासो गरेका छन् । जिल्लाको सदरमुकाम बाट पश्चिमी क्षेत्रमा पर्ने यस बजारमा अनुगमण नहुदाँ स्थानिय उपभोत्तःाहरु ब्यापारीहरुबाट ठरिने गरेको गुणासो आएको हो ।
यहाँका उपभोक्ताहरु दैनिकी उपभोग्य सामानहरुमा ठगिरहेका छन् । जिल्लाका अन्य बजारहरुको चाडपर्वका मुखमा मात्रै अनुगमण गर्ने गरिएपनि यस बजारको अनुगमण हुन सकेको छैन । यस बजारीमा सामानहरुको भाउ मनपरि भएको, म्याद सकिएका सामानहरुको समेत बिक्री बितरण भैरहदा समेत अनुगमन गर्ने निकाय वेखबर हुदा स्थानिय आक्रोसित बनेका छन् ।
नगरपालिका स्थापना भए देखि वजार व्यवस्थापन र अनुगमनको पाटो झन फितलो भएको एक स्थानीयले बताए । सल्लिवजारमा भरपर्दो वजार व्यवस्थापन समिति गठन हुन सकेको छैन । कागजमा वजार व्यवस्थापन समिति भएपनि कामकाजमा वजार व्यवस्थापन समितिको काम शून्य रहेको छ ।
सल्लिवजारमा क्रियाशिल निकायहरु यो मामिलामा वेखबर रहेको स्थानीयवासीको दुखेसो छ । अन्य क्षेत्रमा चाडपर्वको समयमा वजार अनुगमन हुन्छ तर यहाँ भने कहिल्यै अनुगमन भएको देखिदैन । बजार अनुगमण गर्ने अधिकार स्थानिय तहलाई हुदाँ पनि स्थानिय तह भने मुखदर्शक बनेर हेरिरहेको छ ।