सल्यान टुडे,
सल्यान ७, कार्तिक ।
सल्यानको लान्ती लेखपोखरा, दमाचौर, बुराँगे हुदैँ रोल्पा जोड्ने सडक १० मिटर चौडा बनाउन थालिएको छ । कर्णाली प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वालाको बिशेष पहलमा प्रदेश सरकारको आर्थिक बर्ष २०७५÷०७६ को बजेटबाट सडक चौडाको काम धमाधम भैरहेको छ ।
अहिले लान्ती लेखपोखरा, दमाचौर सडकखण्डको कैची मोड देखी पाखापानी सम्मको सडकलाई १० मिटर चौडा बनाउन थालिएको हो । लक्ष्मण÷निशान भूमि जेवी शारदा नगरपालिका १ श्रीनगरले यस सडक निर्माणको जिम्मेवारी लिएको छ । आगामी पौष मसान्तसम्म काम सक्ने गरि भ्याट सहित ९२ लाख ८४ हजार रुपैँयामा कामको जिम्मेवारी लिएको निर्माण कम्पनीका प्रोप्राईटर डिल्ली केसीले जानकारी दिनुभयो ।
यस सडकलाई १० मिटर चौडा, ग्राबेल, मेसेनरी वाल र नाला निर्माण गरिने छ । यस सडकको तोकिएको समयमा गुणस्तरीय काम गर्ने उहाँको भनाई छ । लान्ती लेखपोखरा हुदैँ दमाचौर जोड्ने सडक कच्ची र साँघुरो हुदाँ स्थानियले सास्ती खेप्दै आएका थिए ।
यसैबिच पूर्बाधार बिकास कार्यालय सल्यानले यस सडकको अनुगमण गरेको छ । सडकको अनुगमण गर्देै कार्यालय प्रमुख भूपेन्द्र जैसीले गुणस्तरीय र छिटो काम सम्पन्न गर्न निर्माण कम्पनीलाई निर्देशन दिनुभएको छ ।