सुर्खेत सिम्तामा बिधुतिकरणका लागि मात्रै २३ करोड बजेट : सासद ध्रुब शाहि

सुर्खेत सिम्तामा विद्युतीकरणका लागि मात्रै २३ करोड वजेट ः सांसद धुव्र शाही
दुर्गा वि.सी.कात्तिक,७
सुर्खेतको सिम्ता गाउँपालीकामा नेपाल कम्युनिष्ट पार्टि नेकपाले शुभदिपावली छठ पर्व एबम नेपाल सम्वतको अवसरमा शुभकामना कार्यक्रम गरेको छ ।

नेकपा सिम्ताका झुव वहादुर वुढाको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथी संघीय संसद तथा सुर्खेत नेकपाका पार्टी अध्यक्ष धुव्र शाही,विशिष्ट अतिथी प्रदेश सासद ठम्मर विष्ट,नेकपा सुर्खेतका पाटि सचिव कृष्ण जि.सी गाउँपालिका अध्यक्ष कविन्द्र कुमार के.सी, लगाएतका नेताहरुले शुभकामना मन्तव्य राख्नु भएको थियो । शुभकामना कार्यक्रममा वडा स्तरका कार्यकर्ता,शुभचिन्तक,जिल्ला स्तरका अगुवा नेता तथा कार्यकर्ताहरुको उपस्थिती रहेको थियो । स्वागत मन्तव्य जिल्ला कमिटी सदस्य ऐनवहादुर चन्दले गर्नु भएको थियो । गाउँपालीका अध्यक्ष के.सी ले गाउँपालिकाको विकासको अवस्थाको वारेमा दुवै सासदलाइ जानकारि गराउनु भएको थियो । अधुरा काम,भैरहेका कामकाज र भावि योजनाका वारेमा दुवै संसदलाई हातेमालो र साझेदारि रुपले काम गर्ने अवसर जुटाईदिन आग्रह गर्नु भएको थियो । प्रदेश सासद ठम्मर विष्टले उक्त क्षेत्रमा परेका योजना तथा विकासको वारेमा जानकारि गरानु भएको थियो ।

आव ०७६।०७७ को वजेटमा प्रदेश सरकारबाट परेका विद्युत,सडक,खानेपानी,सिचाई,शिक्षा,कृषि र स्वास्थ्य लगाएतका १ अर्व वढि योजनाहरुको वारेमा आफ्ना नेता तथा कार्यकर्तालाई अवगत गराउनु भएको थियो । सवै कामहरु पारदर्शि ढंगले अघि वढाउन पनि आग्रह गर्नु भएको छ । त्यसै गरि केन्द्रीय संसद तथा नेकपा सुर्खेतका अध्यक्ष धुव्र शाहीले आफ्ना नेता तथा कार्यकर्तालाई शुद्धिकरण हुन सुझाव दिनु भएको छ । भष्ट्रचार समाजको वाधक भएकाले यसलाई निरुत्साहित गर्न आफ्ना कार्यकर्तालाई सचिन्न अपिल गर्नु भएको छ । सिम्तामा पुस्तौ देखि नभएको विकास अव हुने ठोकुवा समेत गर्नु भएको छ । ५ वर्ष भित्रमा प्रत्येक सिम्तालीको घरघरमा वत्ती बाल्नको लागि केन्द्र सरकारबाट आफ्नो पहलमा २३ करोड वजेट विनीयोजन भई कामको चरणमा रहेको जनाउनु भएको छ । त्यसै गरि नेकपा सुर्खेतको पाटि एकिकरणको काम एक दुई दिनमै टुंगो लाग्ने समेत बताउनु भयो । सुर्खेतमा पाटि एकताको काम ढिलाई हुदाँ कार्यकर्ताहरुमा नैराश्यता पैदा भएकोले छिटै यो आशंकाको तुवालो हट्ने जनाएको छ । शुभकामना मन्तव्यसँगै प्रदेश तथा केन्द्रिय सासद र जिल्ला सचिवले निर्देनात्मक सन्देश दिनु भएको थियो । नेकपा सुर्खेत सिम्ताको आयोजनामा भएको कार्यक्रममा युवा नेता टेकेन्द्र कुमार वस्नेतले सञ्चालन गर्नु भएको थियो

प्रतिक्रिया दिनुहोस
भर्खरै प्रकाशित