सल्यान टुडे
सल्यान ७ कार्तिक
सल्यानको शारदा नगरपालिकाको वडा नंं. ६ मदमकाडामा आज बिहिवार बस पुगेको छ । बरला बजारबाट करिब ५ किलोमिटर को दुरिमा रहेको सो ठाउँमा बस पुगेपछि स्थानीय बासिन्दा खुसी भएका छन ।
शारदा नगरपालिकाका नगरप्रमुख शुरेश अधिकारिले सल्यान शारदा यातायात प्रा लि बाट सन्चालित लु १ ख ८९४१ का चालकलाई फुल माला लगाइ उक्त कार्यक्रमको उद्घाटन गर्नु भएको थियो ।उद्घाटन कार्यक्रममा बोल्दै नगरप्रमुख शुरेश अधिकारीले जनता सङ गरिएको बाचा पुरा गर्न इमान्दार प्रयास नगरले गरिरहेको भन्दै बिकास जस्ले गरेपनी र जहाँ बाट बजेट आएको भएपनि त्यसलाइ सघाउन आफुहरु सकारात्मक रहेको धारणा राख्नुभएको थियो ।उक्त कार्यक्रममा शारदा नगरपालिकाकि उपप्रमुख साबित्रा बस्नेत,वडा न ६ का वडा अध्यक्ष भिकराज बुढाथोकी,नेपाली काग्रेसका नेता डिल्ली राज रेग्मी लगायत अन्य को उपस्तिथि रहेको शारदा नगरपालिकाका प्रेस सल्लाहकार यादब उपाध्याय ले जानकारी दिनुभयो ।