एक आपसमा माेटरसाइकिल ठाेकिदा वुढा घाइते
दुर्गा वि.सि/ कात्तिक,७
सल्यानकाे सल्लिवजारबाट बालुवासग्रहि तर्फ जाँदै गरेको भे ५ प ६६४५ र बालुवासँग्रही देखि सल्लिवजार अाउदै गरेको भे ५ प ९५६ नम्बरका बाइक एक अापसमा ठाेकिदा एक जना गम्भीर घाइते भएकाे जनाइएको छ । बनगाड कुपिण्डे नगरपालिका वडा ८ का वर्ष २१ का अम्मर वुढाकाे दाहिने खुट्टामा गम्भीर चाेट लागेकाे छ ।अर्का बाइक चालक रमेश खत्रीलाई भने प्रहरीले नियन्त्रणमा लिएको छ । घाइतेलाइ जनबन्धु पाेलिकिल्निक सल्लिवजारमा समान्य उपचार पछि नेपालगन्ज रिफर गरिएको छ।