तत्काल मन्त्रिमण्डल हेरफेर हुने सम्भावना छैनः मन्त्री महासेठ

सल्यान टुडे

कार्तिक ९ काठमाडाै

भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले तत्काल मन्त्रिमण्डल हेरफेर हुने कुनै सम्भावना नरहेको बताएका छन् ।

शनिबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा उनले भने, ‘मन्त्रिमण्डल हेरफेर र सरकार परिवर्तन हुँदैछ भनेर सरकारको प्रगति र कामदेखि धेरै खुशी नहुने साथीहरुले हल्ला गर्नुभएको हो । नेपालभित्र सबै यो सरकारको समर्थनमा पनि छैनन् नि । उनीहरुको उद्देश्य सरकार छिटो ढलोस भन्ने होला । तर, त्यो सम्भावना छैन । आजको भोलि नै मन्त्रिमण्डल परिवर्तन हुने सम्भावना मैले चाहीँ देखेको छैन ।

उनले भने,‘त्यो त्रास अहिले देखिएको छ । मन्त्रिमण्डल परिवर्तन हुने भनेर कुराहरु दिनहुँ मिडियामा आईरहेका छन्, पछिल्लो १३÷१४ महिनादेखि पत्रिकाले लेख्न छोडेको छैन । हुन त यो अधिकार प्रधानमन्त्रिका अधिकारक्षेत्रभित्र पर्छ । उहाँले चाहेकै दिन मन्त्रिमण्डल चेन्ज हुन्छ । तर, अहिले सम्भावना देखिएके छैन ।उनले सरकारलाई कमजोर पार्नको लागि यस्तो हल्ला भैरहेको पनि दाबी गरेकाे खवर राताेपाटी अनलाइन ले  समाचार प्रकाशन गरेकाे छ । ।

 

 

 

प्रतिक्रिया दिनुहोस