विप्लवका जिल्ला सदस्य पक्राउ
सल्यान टुडे
कात्तिक ९, २०७६ सल्यान
सल्यान नेत्र विक्रम चन्द ‘विप्लव नेतृत्वको नेकपाका सल्यान जिल्ला कमिटी सदस्य भद्र डाँगीलाई प्रहरीले पक्राउ गरेको छ। बागचौर नगरपालिका –२ घर भएका जिल्ला सदस्य भद्र डाँगी ‘टाइगर’लाई प्रहरीले शनिबार बिहान पक्राउ गरेको हो ।
तस्बिर :- सामाजिक सन्जाल
पक्राउ परेका उहाँलाई जिल्ला प्रहरी कार्यालय सल्यानको हिरासतमा राखिएको सल्यान जिल्ला प्रहरी प्रमुख डीएसपी ढकेन्द्र खतिवडाले बताउनुभयो । बम विस्फोट, हातहतियार र आगजनीको मुद्धामा डाँगीलाई पक्राउ गरिएको र अनुसन्धान भैरहेको उहाँले वताउनु भयाे ।