शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न

सल्यान टुडे

कार्तिक १० सल्यान

राष्ट्रिय मानव अधिकार प्रतिष्ठान सल्यानले हिजो एक कार्यक्रमका बिच शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ।

सल्यानको कपुरकोट्मा भएको उक्त कार्यक्रमको अध्यक्षता राष्ट्रिय मानव अधिकार प्रतिष्ठान सल्यानका अध्यक्ष प्रकाश भण्डारी ले गर्नुभएको थियो भने, प्रमुख आतिथ्यता नेपाल शिक्षक महासङ सल्यानका अध्यक्ष       मधुसुद्न  गिरिले गर्नु भएको थियो, प्रमुख अतिथी गिरिले आफ्नो मन्तब्यका क्रममा उपस्थित सम्पुर्णमा तिहार को शुभकामना प्रकट गर्दै सबैमा खुशियाली छावस भन्नू भएको थियो ।त्यसै गरि कुल बहादुर बुढा, शेर बहादुर पुन, मन बहादुर, बिष्णु प्रसाद शर्मा, प्रेम आचार्य, लगायतले शुभकामना मन्तब्य राख्नुभएको थियो।त्यसै गरि सामाजिक सद्भाव यसै गरि कायम राखौ र अगाडि बढौ भन्दै अध्यक्ष  प्रकाश भण्डारी  ले शुभकामना प्रकट गर्दै कार्यक्रम सम्पन्न भएको घोषणा गर्नु भएको थियो भने कार्यक्रमको सन्चालन प्रतिष्ठानका सचिब देबेन्द्र सेनले   गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस
भर्खरै प्रकाशित