ठकुरी समाज सिम्ताद्वारा सम्मान

सल्यान टुडे 
दुर्गा वि सि  

कात्तिक,१० सल्यान आइतबार
ठकुरी एकता समाज नेपाल सिम्ता गाउंँपालिका स्तरीय भेला सम्पन्न भएको छ । तिहार तथा छठ पर्वको अवसरमा शुभकामना आदान प्रदानसँगै सम्मान कार्यक्रम समेत गरिएको थियो ।

कार्यक्रममा ठकुरी समाजबाट निर्वाचित जनप्रतिनिधि र सरकारी सेवामा प्रवेश गरेकालाई सम्मान गरिएको थियो।सम्मानित हुनेमा सिम्ता गाउँपालिका उपाध्यक्ष चन्द्रकला शाही,वडा अध्यक्षहरू हरिबहादुर सिह ठकुरी,गेहेन्द्र हमाल ठकुरी,युद्ध बहादुर मल्ल ठकुरी,वडा सदस्य लोक बहादुर शाही ठकुरी,राकम इलाका प्रहरि प्रमुख श्यामजंग शाह, शिक्षक भुपाल सिह ठकुरी लगाएतका महानुभावहरुको उपस्थित रहेको थियोे ।

कार्यक्रमको अध्यक्षता  ललित सिह ठकुरी,प्रमुख अतिथि केन्द्रीय महासचिव दिपेन्द्र विक्रम शाही,विशेष अतिथि ठकुरि समाजका केन्द्रीय सदस्य प्रकाश शहि, प्रदेश सदस्य लोगवहादुर शाहि,अतिथिहरू सिम्ता गाउँपालिका उपाध्यक्ष चन्द्रकला शाही,सल्लाहकार ऐनबहादुर चन्द र टेकबहादुर सिहठकुरी,सिम्ता गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत जनक हमाल अमर सिह ठकुरी,सरस्वती सिह ठकुरी,कोकिला सिह ठकुरी लगायत समाजका प्रतिनिधिहरूको सहभागीता रहेको थियो।कार्यक्रमको सञ्चालन गंगन सिह ठकुरीले गर्नुभएको थियो।

प्रतिक्रिया दिनुहोस
भर्खरै प्रकाशित