सल्यानमा जे सि बि बाट खसेर एक जनाको निधन

सल्यान टुडे

कार्तिक १० सल्यान

सल्यानको बागचौर बाट दार्मा गाउपालिकाको गोठिबन जाँदै गरेको रा १ क ८१४ न. को जे सि बि बाट खसेर जे सि बि का चालक दार्मा गाउपालिका वडा न. ६ ठेगाना भएका शिबराज बस्नेत खसेर घाइते भइ जिल्ला अस्पताल सल्यानमा उपचारका क्रममा निधन भएको सल्यान जिल्ला प्रहरी प्रमुख ढकेन्द्र खतिवडा ले जानकारी दिनुभएको छ ।

सहचालक दार्मा ६ गोठिबन घरभएका चित्र बहादुर बुढाथोकीले जे सि बि चलाइरहेको अबस्थामा चालक बस्नेत जे सि बि बाट गोठिबनकि उभेको डुङ्गा भन्ने स्थान मा खसेका थिए ,त्यस लगत्तै उपचारका लागि जिल्ला अस्पताल ल्याइएको थियो । जिल्ला प्रहरी प्रमुखका अनुसार चालक मादक पदार्थ सेबन गरि जे सि बि मा बसेका थिए ।

तस्बिर :- सामाजिक सन्जाल

प्रतिक्रिया दिनुहोस